डोटीमा जिप माथि रुख खस्दा तिन जना घाइते

May 20, 10:54

डोटी :६ जेठ / डोटीमा हिँडिरहेको जिप माथि रुख खस्दा तिन जना घाइते भएका छन् । जिल्लाको राजपुरबाट केआईसिंह गाउँपालिकाको सलेना तर्फ गइरहेको सु.प.प्र. ००१ ज. १३२९ नम्बरको जिप माथि रुख खस्दा ३ जना घाइते भएका हुन् ।

१३ जना यात्रु सवार रहेको जिपमाथि शुक्रवार साँझ खुटिया दिपायल फास्ट ट्र्याक सडक अन्तरगत केआईसिंह गाउँपालिका ७ चौर स्थित रुख ढलेको श्री भैरव प्रसाद गण सुल्लेकले बताएको छ ।

घाइतेहरूको श्री भैरव प्रसाद गण सुल्लेक सुरक्षा बेसबाट खटिएको टोली र इलाका प्रहरी कार्यालय राजपुरको संयुक्त टोलीले उद्धार गरेका हुन् । घाइते २२ वर्षीय पदमराज जोशी, २७ वर्षीय भरत खड्का र २९ वर्षीय गाडी चालक कृष्ण बलायरको शैलेश्वरी हस्पिटल दिपायलमा उपचार भइरहेको छ । जिपमा सवार अन्यको अवस्था सामान्य रहेको छ । जिपको हुट र वाइपर ग्लासमा क्षति पुगेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा