सचिवालय सुदृढीकरण पहिलो प्राथमिकता हुन्छ : धनगढीका नवनिर्वाचित मेयर हमाल

May 22, 4:46

धनगढी , ८ जेठ / धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित मेयर गोपाल हमालले पहिलो प्राथमिकता सचिवालय सुदृढीकरण गर्ने बताएका छन् । धनगढीको मेयरमा विजयी भएपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

‘पहिलो प्राथमिकता सचिवालय सुदृढीकरण हुन्छ, किनभने जबसम्म सचिवालय सुदृढीकरण  हुँदैन् तब सम्म कुनै पनि योजनाहरू सही तरिकाले कार्यान्वयन हुँदैनन् । त्यस कारणले अहिले जुन सचिवालय छ । यसलाई कसरी सुदृढीकरण गर्न सकिन्छ भनेर कार्यालय प्रमुख र विभिन्न शाखाका प्रमुखहरू सँग बसेर उहाँहरूको सल्लाह लिएर हामी अगाडि बढ्छौँ,’ उनले भने ।  

यस्तै हमालले उपमहानगरपालिकामा रहेको अधुरा योजनाहरूलाई निरन्तरता दिने बताउदैँ उनले भने,‘जति पनि अधुरा योजनाहरू छन् त्यसलाई पनि सम्पन्न गर्नको लागि हाम्रो पहिलो प्राथमिकता नै रहन्छ । अधुरा रहेका योजनाहरूलाई समय सीमा भित्र गुणस्तर कायम गरेर सम्पन्न गर्ने कार्यतर्फ लाग्छौँ ।’  

आइतबार सम्पन्न मतगणना अनुसार हमालले २६ हजार ८६५ मत पाउँदै उपमहानगरको प्रमुखमा विजयी भएका हुन् भने उनका प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका नृपबहादुर वडले १४ हजार ८१७ मत प्राप्त गरे । 

यस्तै, नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले ९ हजार ११५ मत ल्याए । यता उपमेयरमा एमालेकी कन्दकला राना विजयी भएकी छिन् । सुरुवाती चरणबाट माओवादी केन्द्रकी शान्ति अधिकारीलाई पन्छाइरहेकी रानाले अन्ततः अधिकारीलाई पछि पार्दै उपप्रमुखमा विजयी भएकी हुन् ।

उनले १५ हजार ४७९ मत पाउँदा माओवादी केन्द्रकी अधिकारीले १२ हजार ६७० मत पाइन्। स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६ हजार ६०९ मत पाए ।गत वैशाख ३० गते शुक्रवार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ६४७ जनाले मतदान गरेका थिए। उपमहानगरमा ९७ जना जनप्रतिनिधि चुन्नका लागि मतदान भएको हो। 

NT-APP-AD

सम्बन्धित वर्गका समाचारहरू

उत्कृष्ट कार्य गर्ने प्रदेश ट्राफिक प्रहरीका सई धामी …
धनगढी, ४ असार – कैलालीमा कार्यरत ३ जना ट्राफिक प्रहरी पुरस्कृत भएका छन् । प्रदेश ट्राफिक प्रहरी… विस्तृतमा
उत्कृष्ट कार्य गर्ने त्रिनगरमा कार्यरत प्रहरी वरिष्ठ…
धनगढी, ४ असार – कैलालीमा कार्यरत ३ जना ट्राफिक प्रहरी पुरस्कृत भएका छन् । प्रदेश ट्राफिक प्रहरी… विस्तृतमा
उत्कृष्ट कार्य गर्ने कैलालीका ट्राफिक प्रमुख सिंह सहित…
धनगढी, ४ असार - कैलालीमा कार्यरत ३ जना ट्राफिक प्रहरी पुरस्कृत भएका छन्। प्रदेश ट्राफिक प्रहरी… विस्तृतमा
डाेटी कांग्रेसकाे राहत कोषबाट लालबहादुरलाई सहयोग
धनगढी ३० जेठ/नेपाली कांग्रेस डोटीले अपाङ्गता भएका लालबहादुर कलेललाई आर्थिक सहयोग गरेको छ । डोटीको… विस्तृतमा