धनगढी सुपर लिग : दीपक बोहराको अलराउण्ड प्रदर्शनमा लिटल फ्लावरको जित 

धनगढी सुपर लिग : दीपक बोहराको अलराउण्ड प्रदर्शनमा लिटल फ्लावरको जित 
धनगढी सुपर लिग : दीपक बोहराको अलराउण्ड प्रदर्शनमा लिटल फ्लावरको जित 
May 25, 11:45

धनगढी ११ जेठ - 

कैलालीको धनगढीमा जारी टी–२० क्लब क्रीकेट प्रतियोगिता ‘धनगढी सुपर लिगमा’ लिटल फ्लावर क्रीकेट क्लबले दाङको देउखुरी वारियर्सविरुद्ध १० विकेटको सानदार जित निकालेको छ । छैटौँ दिनको खेल जारी रहँदा लिटल फ्लावरका दीपक बोहरा उत्कृष्ट लयमा देखिए । उनको अलराउण्ड प्रदर्शनपछि लिटल फ्लावर १० विकेटले विजयी भएको हो । 

धनगढी स्थित प्रदेश प्रहरीको खेलमैदानमा जारी प्रतियोगितामा देउखुरी वारियर्सले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो । तर लिटल फ्लावरका बोहराले पावर प्लेमै ५ महत्त्वपूर्ण ब्याट्सम्यानलाई आउट गराएपछि देउखुरी १५.२ ओभरमा ६० रनमै अल आउट हुन पुग्यो । ६१ रनको विजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको लिटल फ्लावरले ६.२ ओभरमा विना  कुनै विकेटको नोक्सानीमा लक्ष्य भेट्टायो । उसका लागि उत्कृष्ट बलिङ गरेका बोहराले २३ बलमा ७ चौकाको मद्दतले ३६ रनको अविजित पारी खेले । मनिस थापाले अविजित १९ रन बनाए । 

त्यस अघि देउखुरीका लागि दिनेश अधिकारी र दिवान पुनले १७/१७ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । देउखुरीलाई सस्तैमा समेट्न लिटल फ्लावरका बोहराले ४ ओभर बलिङ गर्दै १ मेडनसहित ८ रन खर्चिएर महत्त्वपूर्ण ५ विकेट लिए । इनिङको पहिलो ओभर १ रनमा विकेट विहीन रहँदा दोस्रो ओभरमा आएका बोहराले प्रज्वल थापालाई १ र देउखुरीका कप्तान विशाल विक्रम केसीलाई ४ रनमा बोल्ड आउट गरे । त्यसपछि चौथो ओभरमा बोहराले वसन्त सिंह कार्कीलाई शून्य रनमा बोल्ड गरिदिए । उनैले व्यक्तिगत अन्तिम र खेलको छैटौँ ओभरमा विराट भण्डारीलाई १ रनमा बोल्ड आउट र नारायण जोशीलाई शून्य रनमै क्याच आउट गराउँदै टिमलाई उत्कृष्ट सुरुवात दिलाए । उसका कौशल रुपाखेतीले ३ र प्रकाश जैसी तथा सन्दीप खत्रीले १/१ विकेट लिए । 

खेलको प्लेयर अफ दी म्याच अलराउण्ड प्रदर्शन गरेका बोहरा चुनिए । 

प्रतियोगिता अन्तर्गत आज दोस्रो खेलमा महेन्द्रनगर क्रीकेट एकेडेमी र कैलाली जिल्ला क्रीकेट क्लब प्रतिस्पर्धा गर्दै छन् । 

 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा