राखेपको सदस्य सचिवमा रमेश सिलवाल

Ramesh Silwal
Ramesh Silwal
July 08, 1:11

काठमाण्डौं, असार २३ - नवनियुक्त राखेपका सदस्यसचिव रमेश सिलवालको सपथ ग्रहण सोमबार दिउँसो हुने भएको छ।
खेलकुद मन्त्रालयले सिलवालको सपथ ग्रहणको आन्तरिक तयारी गरिरहेको युवा तथा खेलकुदमन्त्री जगत बहादुर सुनारका स्वकिय सचिव सुशिल विकले जानकारी दिए।

मन्त्रालयका अनुसार दिउसो ३ बजे सिलवाललाई सपथ ग्रहण गराउँने तयारी गरिएको छ। गत असार ९ गते केशबकुमार विष्टको कार्यकाल सकिएपछि राखेप सदस्यसचिव पद रिक्त थियो। मन्त्रालयले आइतबार सिलवाललाई राखेपको सदस्य सचिवमा नियुक्त गरेको हो।

सिलवाल गोल्डनगेट कलेजका प्रमुख कार्यकारी अधिकृत हुन्। उनी विष्टको कार्यकालमा सरकारले गठन गरेको नेपाल क्रिकेट संघ (क्यान) तदर्थ समितिका संयोजक थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग सिलवालका निकट सम्बन्ध रहेको छ। हालको युवा संघ नेपाल तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघका रुपमा स्थापना हुँदा त्यसमा अध्यक्ष ओली थिए भने सिलवाल कार्यकारी सदस्य थिए।

 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा