८४ पूजाको खर्च जोगाएर छात्रवृत्ति कोष स्थापना

June 02, 5:29

धनगढी, १९ जेठ – हिन्दू संस्कार अनुसार ८४ वर्ष उमेर पुगेमा विधिवतरुपमा धुमधामका साथ ८४ पूजा गरिन्छ । पूजामा लाग्ने खर्च अथाह हुन्छ । तर, त्यही पूजामा गरिने खर्च जोगाएर डोटीका एक जनाले छात्रवृत्ति कोषको स्थापना गरेका छन् । डोटीको बोगटान फुड्सिल गाउँपालिका–५, काटैका समाजसेवी तथा शिक्षाप्रमी उमाकान्त जोशीले आफ्नो ८४ वर्षको पूजामा लाग्ने खर्च जोगाएर स्थानीय विद्यालयमा छात्रवृत्ति कोषको स्थापना गरेका हुन् । 

काटैस्थित श्री कटकटेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत जेहेनदार विद्यार्थीका लागि ८४ पूजामा लाग्ने खर्च जोगाएर छात्रवृत्ति स्थापना गरेको बताउँदै उनले भने,‘यस विद्यालयको संस्थापक प्रधानाध्यापक रहेको र जन्मस्थान पनि यहीँ भएकाले विद्यालयको मायाले छात्रवृत्ति स्थापना गरेको हुँ ।’ ८४ पूजामा अथाह खर्च हुन्थ्यो, तर त्यो खर्च जोगाएर ४ लाख रुपैयाँको अक्षय कोष स्थापना गरेको उनले बताए । ‘यसपालि मैले आफ्नो जन्मोत्सवको अवसरका साथै ८४ पूजाको खर्च जोगाएर पूण्य काम गर्न खोजेको हुँ,’ उनले भने,‘पुख्र्यौली ठाउँमा यस्तो पूण्य काम गर्न पाएकोमा खुसी छु ।’    

बुबाको ८४ वर्षको उमेर भइसकेकाले उहाँलाई ८४ को पूजा गरौँ भन्दा नमानेको बताउँदै उमाकान्तका छोरा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय सेवा आयोगका सदस्य तथा प्राध्यापक पद्मकान्त जोशीले भने,‘बुबा आमाको ८४ वर्षको पूजा गर्न खोज्दा उहाँले मान्नु भएन, बरु ८४ पूजामा लाग्ने खर्च गाउँकै विद्यालयमा छात्रवृत्ति स्थापना गर्ने भन्नु भयो, उहाँकै इच्छा अनुसार ‘उमा पद्मा’ अक्षयकोषको स्थापना गर्नुभयो ।’ ‘उमा पद्मा’ अक्षय कोषमा राखिएको ४ लाखको व्याजबाट आउने रकमले विद्यालयमा एसईईमा उत्कृष्ट एक छात्र र एक छात्रालाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति दिइने उनले बताए । 

छात्रवृत्ति रकम हस्तान्तरणपछि शिक्षाप्रेमी तथा संस्थापक प्रधानाध्यापक उमाकान्त जोशीलाई फूलमाला र अविर लगाएर बधाई दिँदै स्थानीय ।

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि विद्यालय…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम वर्कसप
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको आङ्गिक…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा