यू-१९ महिला विश्वकप एसिया छनोटः नेपालले भुटानलाई ४ विकेटले हरायो

June 06, 2:18

काठमाडाैं २३ जेठ । मध्यक्रमकी ब्याटर सानु राजवंशीले ३० रनको अविजित पारी खेलेपछि नेपालले आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा भुटानलाई ४ विकेटले पराजित गरेको छ ।

भुटानले दिएको ६७ रनको लक्ष्य नेपालले १३.१ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । नेपालको सुरुवात खराव थियो । पहिलो ओभरमै ओपनर स्नेहा महरा खाता खोल्नै नपाई आउट भइन् । तेस्रो ओभरमा आउट भएकी अर्की ओपनर किरण कुमारी कुँवरले २ रनमात्र बनाइन् ।

तेस्रो नम्बरमा आएकी साना प्रविणले १२ रनमात्र जोडिन् । उनले १५ बलमा २ चौका प्रहार गरिन् । चौथो नम्बरमा ब्याटिङमा आएकी सानुले नेपालका लागि सर्वाधिक रन जोड्ने क्रममा ३२ बल खेलेर ५ चौका प्रहार गरिन् ।

त्यसपछिका ब्याटरहरु आश्मा पुलामी मगरले ३, कप्तान कृतिका मरासिनीले २, शृष्टी जैसीले ८ र एलिसा कुमारी यादवले अविजित २ रन बनाइन् । नेपालले अतिरिक्त ८ रन पाएको थियो ।

बलिङमा भुटानकी साङ्गे वाङवोले ३ विकेट लिइन् । उनले ४ ओभरमा २२ रन खर्चिइन् । सोनम र अन्जुली घलेले १–१ विकेट लिए ।

यसअघि मलेसियाको किनरारा ओभलमा टस जितेर ब्याटिङ गरेको भुटानले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै ६६ रनको योगफल खडा गरेको थियो ।

भुटानका लागि ओपनर तथा कप्तान नावाङ चोडेन र मध्यक्रमकी सांगे वाङमोले समान ११ रन बनाए । पेमा याङचेनले ९ रन जोड्दा भुटानले १० अतिरिक्त रन पाएको थियो ।

बलिङमा मनिषा कुमारी उपाध्यायले, कप्तान कृतिका मरासिनी र अनु कडायतले समान २÷२ विकेट लिए । मनिषाले ४ ओभरमा २ मेडन राख्दै ३ रन खर्चेर २ विकेट लिएकी हुन् । ३–३ ओभर बलिङ गरेका कृतिका र अनुले क्रमसः ११ र १४ रन खर्चिए ।

यसअघि पहिलो खेलमा कतारमाथि ७९ रनको जित रचेको नेपालले आफ्नो दोस्रो खेलमा शनिबार युएईसँग १० विकेटको हार भोगेको थियो । युएईविरुद्ध नेपाल ८ रनमै अलआउट भएको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा