एलपीएल–७ को ब्रोडकास्ट पार्टनर टिभी टुडे टेलिभिजन

एलपीएल–७ को ब्रोडकास्ट पार्टनर टिभी टुडे टेलिभिजन
एलपीएल–७ को ब्रोडकास्ट पार्टनर टिभी टुडे टेलिभिजन
June 09, 7:29

धनगढी, २६ जेठ - 

कैलालीको धनगढीमा आगामी कार्तिकमा सञ्चालन हुने विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रीकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगको ब्रोडकास्ट पार्टनर टिभी टुडे टेलिभिजन रहने भएको छ । आयोजक लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेण्ट्स र टिभी टुडे टेलिभिजनबिच आज उक्त सम्झौता भएको हो । एलपीएलको सातौँ संस्करणको प्रत्यक्ष प्रसारण उक्त टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने छ । 

बिहीबार धनगढीमा एक कार्यक्रमका बिच लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेण्ट्सको तर्फबाट अध्यक्ष रामचन्द्र शाही  र टिभी टुडे टेलिभिजनका तर्फबाट अध्यक्ष जनक पन्तले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । उक्त सम्झौता पछि अध्यक्ष शाही र पन्तले क्रिकेटको जग बलियो बनाउने अभियानमा सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे । 

प्रतियोगिताको सातौँ संस्करण आगामी कार्तिक तेस्रो साताबाट धनगढीमा सञ्चालन हुने छ । सातौँ संस्करणमा देशभरका १० विद्यालय स्तरीय टिमलाई सहभागी गराइने शाहीले बताए । प्रत्येक टिमले ४ जना खेलाडी यु–१९ उमेर समूहका विद्यालय बाहिरका समेत राख्न पाउने व्यवस्था छ ।

सातौँ संस्करणको बिजेताले २ लाख ५१ हजार १ सय ५१ तथा उपविजेताले १ लाख २५ हजार १ सय २५ नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीले ३० हजार, उत्कृष्ट ब्याट्सम्यान र बलले जनही १५ हजार, उदीयमान खेलाडीले ७ हजार ५ सय तथा प्रत्येक खेलको म्यान अफ दी म्याचले ३ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा