भारतको पन्जाबबाट एक करोड बढीको सुन चोरी, कैलालीमा तीन जना पक्राउ

भारतको पन्जाबबाट एक करोड बढीको सुन चोरी, कैलालीमा तीन जना पक्राउ
भारतको पन्जाबबाट एक करोड बढीको सुन चोरी, कैलालीमा तीन जना पक्राउ
August 04, 3:06

कैलाली - बुधवार सुन चोरीको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिल्मी शैलीमा पक्राउ परेका धनगढीका सुनचाँदी व्यवसायी सन्तोष लामिछाने माथि प्रहरीले अनुसन्धान अघि बढाएको छ । उनलाई काठमाडौँबाट कैलाली ल्याएर प्रहरीले अनुसन्धान अघि बढाएको हो । उनीमाथिको अनुसन्धानले प्रहरी सामु यो चारी प्रकरणका थप तथ्यहरू खुल्दै गएका छन् ।  

बुधवार मुम्बई उड्न लागेका सन्तोष र उनकी श्रीमतीलाई प्रहरीले उड्ने तयारीमा रहेको नेपाल एयरलाइन्सको जहाज होल्ड गरेर पक्राउ गरेको थियो । उनीपछि सोही प्रकरणमा जोडिएको आरोपमा थप तीन जना पक्राउ परेका छन् । सुदूरपश्चिम सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष समेत रहेका लामिछाने भारतको पन्जाबमा भएको सुन चोरीमा संलग्न रहेको प्रहरीको आशङ्का छ । उक्त चोरी प्रकरणमा उनीहरूले एक करोड भन्दा बढी रकम बराबरको सुन चोरेको कैलाली प्रहरीको आरोप छ । उक्त प्रकरणसँग जोडिएका धनगढीका थप तीन जना पक्राउ परेका छन् । प्रहरीले लामिछाने पक्राउ प्रकरणको सोधपुछ र अनुसन्धानका लागि थप तीन जनालाई पक्राउ गरेको हो । 

उनीहरू विरुद्ध करिब डेढ महिना अघि भारतीय दूतावास मार्फत एक करोड बढीको सुन चोरीको आरोपमा उजुरी आएको छ । यो प्रकरणमा प्रहरीको विशेष अनुसन्धान ब्युरो र केन्द्रीय अनुसन्धान ब्युरोका टोलीहरू समेत परिचालित छन् । प्रहरीले पक्राउ परेका व्यक्ति हरूका साथबाट केही सुनका गरगहना र नगद पनि बरामद गरेको छ । लामिछानेमाथि भने ठगीको कसुरमा समेत जाहेरी परेकोले त्यसमा पनि अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ । उनले धनगढी उपमहानगरपालिका–२ मा सौगात सुनचाँदी पसल सञ्चालन गर्दै आएका थिए । 

 

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा