एलपीएलको टिकेटिङ्ग पार्टनर आईएमई डिजिटल सोलुसन

एलपीएलको टिकेटिङ्ग पार्टनर आईएमई डिजिटल सोलुसन
एलपीएलको टिकेटिङ्ग पार्टनर आईएमई डिजिटल सोलुसन
August 17, 2:22

धनगढी -

कैलालीको धनगढीमा आगामी कार्तिकमा सञ्चालन हुने विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगको टिकेटिङ्ग पार्टनर आईएमई डिजिटल सोलुसन लिमिटेड रहने भएको छ । आयोजक लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाही र आईएमई डिजिटल सोलुसन लिमिटेडका सुदूरपश्चिम इन्चार्ज जगदीश अवस्थीबिच आज उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 

आसन्न संस्करणदेखि एलपीएलमा लानुहुने टिकटको सम्पूर्ण व्यवस्थापन आईएमई पे मार्फत गरिने छ । एलपीएलको सातौँ संस्करण आगामी कार्तिक १३ गतेदेखि धनगढीमा सञ्चालन हुने छ । सातौँ संस्करणमा देशभरका १० विद्यालय स्तरीय टिमलाई सहभागी गराइने शाहीले बताए । प्रत्येक टिमले ४ जना खेलाडी यु–१९ उमेर समूहका विद्यालय बाहिरका समेत राख्न पाउने व्यवस्था छ । 

सातौँ संस्करणको विजेताले २ लाख ५१ हजार १ सय ५१ तथा उपविजेताले १ लाख २५ हजार १ सय २५ नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीले ३० हजार, उत्कृष्ट ब्याट्सम्यान र बलले जनही १५ हजार, उदीयमान खेलाडीले ७ हजार ५ सय तथा प्रत्येक खेलको म्यान अफ दी म्याचले ३ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा