kagendra

सुदूरपश्चिमा भूकम्पका कारण सयौं घरमा क्षति

सुदूरपश्चिमा भूकम्पका कारण सयौं घरमा क्षति
सुदूरपश्चिमा भूकम्पका कारण सयौं घरमा क्षति
November 14, 6:17

खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गत २२ कात्तिकमा गएको ६.६ म्याग्निच्युड भूकम्पको धक्काबाट सुदूरपश्चिममा विभिन्न जिल्लामा सयौं घरमा क्षति पुगेको छ। बहुउद्देश्यीय विकास समाज डडेल्धुराले गरेको प्रारम्भिक अध्ययनमा प्रदेशका सबै जिल्लाका घरमा क्षति पुगेको संस्थाका परियोजना संयोजक शिवराज पाठकले जानकारी दिए। 

भूकम्पले डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा घर भत्किँदा च्यापिएर ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ४ जना बालबालिका छन्। ७ जना घाइते भएका छन्। डोटीमा ४६ घर पूर्ण क्षति भएका छन्।  सो गाउँका दर्जन जति घरहरू पूर्णरूपमा भत्किनुका साथै सयौं घरहरू बस्नै नहुने गरी चर्केका छन्। करिब एक सय घरमा क्षति पुगेकोे छ भने दुई दर्जन बढी घरहरू पुर्णतया नष्ट भएका छन्। घर भत्किँदा च्यापिएर केही पशु चौपाया पनि मरेका छन्। 

बझाङको थलारा गाउँपालिकामा ५ र छबिसपाथिभेरा गाउँपालिकामा १ गरी ६ घर पूर्णरूपमा क्षति पुर्‍याएको छ। ३८ घरमा आंशिक क्षति भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। त्यस्तै, थलारा गाउँपालिकाको सिरेटामै २५, केदारस्युँ गाउँपालिकामा ४, खप्तडछान्ना गाउँपालिकामा ९ वटा घरमा आंशिक क्षति पुगेको छ। यस्तै जिल्ला कारागार बझाङको भवनमा समेत आंशिक क्षति पुगेको छ। 

अछामका पनि केही घरहरू भत्केका छन्। साँफेबगर नगरपालिका १४ पातलकोट भास्कुन गाउँका अधिकांश घरहरू चर्केर बस्नै नमिल्ने छन्। ९३ घरधुरीमध्ये अधिकांश चर्केका छन्। डडेल्धुरामा पनि अमरगडी नगरपालिका १ र ३ का दुुई घर भत्केका छन्। बाजुराको खप्तड छेडे दह गाउँपालिका, बूढी गंगा, नगरपालिका लगायतका १४ घरका छाना पूर्ण रुपमा भत्किएका छन्। बैतडीमा भूकम्पका कारण पाटन नगरपालिकाको कृषि शाखा भवन चर्किएको छ। 

suvkamna
suvkamna
suvkamna
Add
Add
Add
Dipayal silgadhi nagrpalika
Sain nepal
Sain nepal

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा