महिलाको पाठेघर खस्ने समस्या तत्काल न्युनिकरण गर्न आवश्यक : उप–प्रमुख भट्ट 

upa mayo
upa mayo
July 11, 5:17

धनगढी, असार २६ - धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशिला मिश्र भट्टले महिलाहरुमा देखिएको पाठेघर खस्ने समस्याले आफुलाई झस्काएको बताईन ।
धनगढी उप–महानगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको मातृत्व तथा पेरिनेटल मृत्यू सम्वन्धी नगरस्तरीय अभिमूखीकरण कार्यक्रममा उप–प्रमुख भट्टले यस्तो धारणा राखेकी   हुन । सुरक्षित मातृत्व सम्वन्धी चेतनाको अभावले गरिव र बिपन्न महिलाहरु पाठेघर खस्ने समस्या बाट बढी ग्रसित रहेका छन् उप–प्रमुख भट्टले भनिन्, यसका लागि सबै तहबाट जनचेता फैलाउने किसिमका कार्यक्रम संचालन गरिनुपर्छ । उनले वडा अध्यक्ष लगायत सबै जनप्रतिनिधीहरुलाई यस सवालमा गम्भीर भएर काम गर्न आग्रह गरिन ।
महिलाहरुका लागि बच्चा पाएको ४२ दिनको अवधी निकै सम्वेदनशिल हो उप–प्रमुख भट्टले भनिन्, यस अवधीमा महिलालाई सरिरमा आवश्यक पर्ने पोषिलो खानेकुरा आवश्यक पर्दछ । आवश्यकता अनुसारको खानेकुरा नपाउनु र सुत्केरी अवस्थामा आराम नगरि काममा पेलिनु परेका कारण महिलाहरुमा पाठेघर खस्ने समस्या बढेको उप–प्रमुख भट्टले बताईन ।
एक अर्को प्रसंगमा उप–प्रमुख भट्टले असारमा आएर गरिने विकासलाई निरुत्साहित गरिनुपर्ने बताईन । असारे विकास रोकिनुपर्छ उप–प्रमुख भट्टले त्यसको अगुवाई म आफै गर्ने छु । 
 

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश सरकार
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा