एलपिएलको सातौँ संस्करण माघमा

एलपिएलको सातौँ संस्करण माघमा गरिने, क्यानको तालिकासँग मिति जुधेपछि प्रतियोगिता सारियो 
एलपिएलको सातौँ संस्करण माघमा गरिने, क्यानको तालिकासँग मिति जुधेपछि प्रतियोगिता सारियो 
November 18, 2:08

धनगढी - यस अघि मङ्सिरमा आयोजना गर्ने गरी तयारी थालिएको विद्यालय स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगको सातौँ संस्करणको मिति सारिएको छ । आयोजकले प्रतियोगिता केही पर सारिएको जानकारी दिएको छ ।  

सातौँ संस्करण मङ्सिर १० देखि २२ गते सम्म आयोजना गर्ने कार्यतालिका यस अघि तय भएको थियो । ‘सोही समयमा नेपाल क्रीकेट सङ्घ (क्यानले) आयोजना गर्ने यु–१९ पुरुष क्रीकेट प्रतियोगिता समेत पर्न गएको तथा आयोजकलाई पर्न गएको प्राविधिक कठिनाइले निर्धारित मितिमै प्रतियोगिता सञ्चालन गर्न असम्भव भएकोले अन्तिम पटकको लागि नयाँ मिति सार्वजनिक गरेका छौँ,’ आयोजकले विज्ञप्ति मार्फत भनेको छ, ‘हामीले अब लिटल फ्लावर प्रीमियर लिगको सातौँ संस्करण २०७९ माघ २१ गते देखि २०७९ फागुन ६ गते सम्म धनगढीको प्रदेश प्रहरी कार्यालयको खेलमैदानमा आयोजना गर्ने ब्यहोरा हार्दिक रूपमा जानकारी गराइन्छ।’ विज्ञप्तिमा भनिएको छ, ‘नयाँ निर्धारण गरिएको मितिमा जुनसुकै हालतमा पनि प्रतियोगिता सम्पन्न गर्ने समेत प्रतिबद्धता व्यक्त गर्दै देशमा विद्यमान विषम परिस्थितिमा सबै क्रीकेटप्रेमी महानुभावहरू,सम्पूर्ण क्रीकेट खेलाडीहरू, प्राविधिक टिम , क्रीकेट सङ्ग सम्बन्धित  सरोकारवाला निकाय, सहयोगी तथा प्रायोजक लगायत आम खेलप्रेमीज्युहरुमा आफ्नो तर्फबाट सक्दो सहयोगको लागि  विनम्र अनुरोध गर्दछौँ।’                                    

AVN
nast clz

सम्बन्धित वर्गका समाचारहरू

विदेशी भूमिबाट फुटबलमा उदाउँदै कैलालीका सिजन
धनगढी । कैलालीका १२ वर्षीय सिजन राना विदेशी भूमिबाट फुटबलमा उदाउनु भएको भएको छ ।  गोदावरी… विस्तृतमा
पुरस्कार अझै आएन, तर आशावादी छौं : कप्तान पौडेल
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले क्रिकेट खेलाडीहरुलाई… विस्तृतमा
क्यानको अध्यक्षमा चन्द निर्विरोध
नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुर बहादुर चन्द निर्विरोध निर्वाचित भएका छन्।  शनिबार जारी… विस्तृतमा
विश्वकप क्रिकेटका लागि पाकिस्तानी टिमको घोषणा
काठमाडौं । पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले विश्वकपका लागि टिमको घोषणा गरेको छ । एसिया कपका क्रममा… विस्तृतमा