दार्चुलामा एक हप्ता देखि बेपत्ता प्रधानाध्यापक अझै सम्पर्कमा आएनन्

August 22, 6:16

बैतडी,०५ भदौ । दार्चुलामा बेपत्ता प्रधानाद्यापक अझै भेटिएका  छैनन् ।  ७ दिन देखि बेपत्ता  लेकम गाउँपालिका–२ स्थित श्री सरस्वती आवि बिटोराका प्रधानाध्यापक अनिरुद्र भट्ट अझै  नभेटिएका  आफन्त अम्बादत्त भट्टले जानकारी दिए  ।

५६ वर्षीय भट्ट साउन ३१ गते मंगलवार दिउँसो आमालाई खाना पकाउन भनी आफू नुहाउनका गएपछि सम्पर्कविहीन भएका थिए । बेपत्ता शिक्षक भट्टको स्थानीयहरू र प्रहरीले खोजि गरिरहेका छन् ।

भिरमा लडेको हुनसक्ने आशंकामा नजिकका सबै गाउँका खोला, भिरपाखाहरुमा हेरेपनि नभेटिएको बताइएको छ । प्रहरी चौकी रातामाटाबाट निरन्तर सुरक्षाकर्मीहरु खोजि कार्यमा खटिएका छन् । ईलाका प्रहरी कार्यालय रिठाचौपाताका ईन्चार्ज तिलक कलौनीको नेतृत्वमा रिठाचौपाताबाट समेत प्रहरी टोली खटिएको थियो ।

स्थानीयबासीन्दा र प्रहरीले खोजि गर्दा अहिलेसम्म वेपत्ता भट्ट फेला नपरेको रिठाचौपाता प्रहरी कार्यालयका ईन्चार्ज तिलक कलौनीले बताए ।  बेपत्ता भट्टको खोजि कार्य जारी रहेको आफन्तजनले जनाएका छन् ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा