बैतडीका ५ गाउँपालिकामा नयाँ ‘हाकिम’ खटाइए 

August 23, 11:53

बैतडी,०६ भदौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बैतडीका ५ सहित ८० ओटा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाएको छ । ८० जना शाखा अधिकृतहरुलाई एकैपटक गाउँपालिकाहरुमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको हो । 

मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले नयाँ नियुक्त भएका, ६ महिना तालिम सकेका शाखा अधिकृतहरुलाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाएको छ ।

गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत प्रशासनतर्फको शाखा अधिकृत हुने कानुनी व्यवस्था अनुसार नै नयाँ शाखा अधिकृतहरुलाई खटाइएको स्थानीय तह कर्मचारी प्रशासन शाखाका उपसचिव खिलराज राईले जानकारी दिए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार बैतडीका सिगास, शिवनाथ, पञ्चेश्वर, दोगडाकेदार र डिलाशैनी गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाइएको छ । यसअघि ती स्थानीय तहहरुमा निमित्त प्रमुख प्रशासकीय अधिकृतहरुले काम गर्दै आएका थिए । 

सिगास गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा कृष्णप्रसाद घिमिरे, शिवनाथ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सुशीलकुमार साह र पञ्चेश्वर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा उज्ज्वल आनन्दलाई खटाइएको छ । 

यस्तै दोगडाकेदार गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा गजेन्द्रप्रसाद थारु र डिलाशैनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा रंजय पटेललाई खटाइएको छ । 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा