अमेरिकी अवार्ड विजेता नेपालीलाई गृह जिल्ला बैतडीमा सम्मान 

August 24, 8:58

बैतडी,०७ भदौ । संयुक्तराज्य अमेरिकाको डिपार्टमेन्ट अफ स्टेटको यस वर्षको ‘ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्ड’ ९जिएआरसी० प्राप्त गरेकी बैतडीकी मानव अधिकारकर्मी सरस्वती नेपालीलाई गृह जिल्ला बैतडीमा भव्य सम्मान गरिएको छ । 

जिल्लास्थित राजनीतिक दल, सरकारी तथा गैरसरकारी निकायका तर्फबाट अवार्ड विजेता नेपालीलाई सम्मान गरिएको हो । 

दलित समाज विकास मञ्चले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य लिलाधर भट्टले बैतडीकी चेलीले विश्व समुदायमा नेपालको नाम चिनाएको बताए । विश्वका ६ च्याम्पीयन अभियन्ताहरु मध्येमा बैतडीकी अभियन्ताको नाम पर्नु गौरवको बिषय भएको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले अमेरिकी सरकारबाट प्राप्त अवार्डलाई ठुलो उपलब्धीका रुपमा लिई काम गर्नुपर्नेमा जोड दिए । सरस्वती नेपालीले प्राप्त गरेको अवार्डले बैतडीको मात्रै नभएर देशकै शिर उँचो भएको उनले बताए । 

सम्मान कार्यक्रममा अवार्ड विजेता नेपालीले सामजिक क्षेत्रमा काम गर्ने व्यक्तिलाई पुरुष्कृत गर्न अक्षयकोष स्थापना गर्ने घोषणा गरेकी छन् । उनले सन् २०१८मा अन्तर्राष्ट्रिय दर्नाल अवार्ड प्राप्त गर्दा अक्षयकोष स्थापना गरेकोमा रकम थप गरेर अक्षयकोष स्थापना गर्ने घोषणा गरेकी हुन् । 

नेपालीले अगस्त ९, २०२३ मा अवार्ड प्राप्त गरेकी थिइन् । अवार्ड प्राप्त गरेपछि पहिलो पटक गृह जिल्ला पुगेकी नेपालीलाई बुधबार भव्य सम्मान गरिएको हो । 

यस्तै ग्लोबल एन्टि रेसिज्म अवार्ड विजेता सरस्वती नेपालीलाई जिल्ला प्रशासन कार्यालय, जिल्ला सुरक्षा समिति र कर्मचारी मिलन केन्द्रले पनि सम्मान गरेको छ । 

जिल्ला प्रशासन कार्यालय बैतडीमा आयोजना गरिएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले आगामी यात्रा अझ शसक्त बनाउनुपर्नेमा जोड दिए । 

गृह जिल्लामा सम्मान प्राप्त गरेपछि अवार्ड विजेता नेपालीले अवार्ड प्राप्तिले आफूलाई मानव अधिकारका क्षेत्रमा थप बलियो भएर लाग्ने प्रेरणा मिलेको बताइन् । जिल्लाबासीले गरेको सम्मानले आफूलाई अझै यस क्षेत्रमा क्रियाशील रहन प्रेरणा दिएको भन्दै सीमान्तकृत समुदायको आवाज उठाउन आफू सदैव लागिपर्ने बताइन् । 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा