बैतडीका एक शिक्षक तीन दिनदेखि बेपत्ता, खोजी कार्य जारी 

August 24, 2:59

बैतडी,०७ भदौ । बैतडीका एक शिक्षक तीनदिनदेखि बेपत्ता रहेका छन् । जिल्लाको डिलाशैनी गाउँपालिका २ गोगनी घर भएका ५२ बर्षीय शिक्षक जयबहादुर बोहरा मंगलबार साँझदेखि बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए । 

लटिनाथ आधारभूत विद्यालय अमरखेतमा कार्यरत शिक्षक बोहरा भदौ ५ गते मंगलबार बेलुका विद्यालयबाट घर फर्किदा बेपत्ता भएका हुन् । शिक्षक बोहरा बेपत्ता भएको खबर प्रहरीलाई बुधबार साँझ मात्रै प्राप्त भएको प्रहरी निरीक्षक केसीले बताए । उनले भने ‘मंगलबार विद्यालयबाट घर नफर्केपछि शिक्षक बोहरा बेपत्ता भएको खबर हामीलाई बुधबार आयो । अहिले खोजी कार्य जारी रहेको छ ।’

बेपत्ता शिक्षकको स्थानीय गन्नीगाडको छेउमा चप्पल फेला परेको बताइएको छ । बेपत्ता शिक्षक बोहराको खोजीका लागि इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक सरोज ठकुराठीको नेतृत्वमा प्रहरी टोली गन्नीगाड क्षेत्रमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा