बैतडीमा राजयोग प्रशिक्षण कार्यक्रम हुने 

August 24, 5:24

बैतडी,०७ भदौ  । बैतडीमा राजयोग प्रशिक्षण कार्यक्रम सञ्चालन हुने भएको छ । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग सेवा केन्द्र पाटन बैतडीको आयोजनामा यही भदौ ९ गतेदेखि तीनदिने राजयोग प्रशिक्षण कार्यक्रम सञ्चालन हुने भएको हो । 

विरेन्द्र मावि शाहीलेकमा बिहान ८ बजेदेखि शुरु हुने प्रशिक्षण कार्यक्रम भदौ ११ गते सम्म सञ्चालन हुने ब्रह्माकुमारी बिमला बोहराले बताइन् । राजयोगद्वारा शान्त मन आनन्दमय स्वस्थ जीवनका लागि सकारात्मक परिवर्तन सम्बन्धी कार्यक्रम सञ्चालन हुने उनले बताइन् । कार्यक्रममा मोटीभेशनल कोच रमण भट्टराईले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

यस्तै कार्यक्रममा राजयोग प्रशिक्षिका ब्रह्माकुमारी हिरा दिदिको समेत सहभागिता रहने बताइएको छ । तीनदिन सम्म सञ्चालन हुने कार्यक्रममा सहभागी भइ लाभ लिन समेत आग्रह गरिएको छ । 

आध्यात्मिक राजयोग प्रशिक्षण कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह गरिएको छ । 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा