झारफुक गदागर्दै सर्पको टोकाईबाट एक महिला मृत्यु

August 30, 11:14

बैतडी,१३ भदौ । बैतडीमा सर्पको टोकाईबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको पचेश्वर गाउँपालिकामा १ बस्ने अन्दाजी ५५ बर्षीय पार्वती घटालको सर्पको टोकाईबाट मृत्यु भएको जनाएको छ । गयराती १२ बजेको समयमा मृत्यु भएको स्थानीयले बताएका छन् ।

मंगलबार राती ७ बजे खाना बनाउने क्रममा भान्साकोठामै सर्पले टोकेर गम्भिर घाइते भएकी घटालको राती १ बजे मृत्यु भएको पञ्चेश्वर स्वास्थ्य चौकीका इन्चार्ज सुरेश सार्कीले जानकारी दिए ।

सर्पले टोकेर घाइते भएकी घटाललाई झारफुक गर्न बैद्य लगाएको झारफुककै समयमा उनको मुत्यु भएको स्थानीय स्वंमसेवीका पानमती घटाललाई उद्धीत गर्दै स्वास्थ्य चौकीका इन्चार्ज सार्कीले बताए ।

साझँ ७ बजे नै भान्सामा टोकेको रहेछ हामीलाई खबर नगरेर घरपरिवारले झारफुक गर्न बैधको पछि लागेका रहेछन् स्वास्थ्य चौकी इन्र्चाज सार्कीले भने, स्वंमसेवीकाले पनि हामीलाई ढिलो खबर गरिन् राती नै अस्पताल लगेर बचाउन सकिन्थयो ।
पन्चेश्वर गाउँपालिका सर्प दंसका घटना बढेका छन् । गत महिनामा एक किशोरीको सर्पको टोकाईबाट नै ज्यान गरेको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा