बाढी पहिरोमा मृत्यु हुनेको संख्या ५० पुग्यो (अपडेट)

badhi_pahiro
badhi_pahiro
July 14, 2:53

काठमाडौँ: अविरल वर्षासँगैको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार बाढी पहिरोमा परी २८ पुरुष र २२ जना महिलाको मृत्यु भइसकेको छ।

बाढी पहिरोमा परी काठमाडौंमा ३ जना, ललितपुरमा र भोजपुरमा ५/५ जना, ओखलढुंगामा ४ जना, मकवानपुर, खोटाङ, काभ्रे र सिन्धुलीमा ३/३ जना, धादिङ, झापा, बारा, धनुषा र डोल्पामा २/२ जना तथा ईलाम, उदयपुर, सुनसरी, पर्सा, रौतहट, महोत्तरी, सिराहा, रामेछाप, चितवन, पाल्पा र दाङमा १/१ जनाको मृत्यु भएको हव।
 
बाढी पहिरोमा परेका काठमाडौंमा १ सय ८५ जना, ललितपुरमा ८ जना, उदयपुर १० जना, रौतहटमा २ सय जना, महोत्तरीमा ५ सय जना, सिराहामा २ जना, सर्लाहीमा १ सय जना, सप्तरीमा २५ जना, सिन्धुलीमा ७० जना तथा  भक्तपुर, सुनसरी, मकवानपुर र खोटाङमा १/१ जना गरी जम्मा १ हजार १ सय ४ जनाको सकुशल उद्दार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ। 

बाढी पहिरोमा परी डोल्पामा ११ जना, सिन्धुलीमा ६ जना, ईलाम र मोरङमा ३र३ जना तथा काठमाडौं, ललितपुर, पाँचथर, झापा, उदयपुर, सुनसरी, पर्सा, महोत्तरी, रौतहट, सिराहा, धनुषा, र धादिङमा १/१ जना गरी ३५ जना वेपत्ता भएका छन्।

साथै मकवानपुरमा ४ जना, ललितपुर र धनकुटामा ३र३ जना, भोजपुर, सुनसरी, काभ्रे र सिन्धुलीमा २र२ जना तथा काठमाडौं, भक्तपुर, खोटाङ, रामेछाप, धादिङ, दोलखा र चितवन १र१ जना गरी जम्मा २५ जना घाइते भएका छन्। घाइतेमध्ये १० महिला र १५ पुरुष रहेका छन्। 

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा