पुर्चौंडीका महेश जागरीले कहिले पाउँछन् राहत ?

September 01, 4:13

बैतडी–बैतडीको पुर्चौंडी नगरपालिका २ भैंरुका महेश जागरीको घरपरिवार पहिरोले उजाड बनाएको डेढ महिना हुन लागेको छ । साउन ६ गते राति खसेको पहिरोले उनको घरसहित श्रीमति र छोराको समेत ज्यान गएको थियो । उनका बुढेसकालकी आमा र अपांगता भएका भाई घाइते भएका थिए । 

पहिरोले उठीबास भएका महेश अहिले पुर्चौंडी नगरपालिका १ स्थित आफ्ना ठूलाबुवाको घरमा बसीरहेका छन् । श्रीमति र छोरा गुमाउनुको पीडा खेपीरहेका महेशलाई सरकारी निकायबाट कुनै राहत भने मिलेको छैन् । 

पुर्चौंडी नगरपालिकाले समान्य खानपीनका लागि व्यवस्था गरेको भएपनि उनको पुनस्र्थापनामा कसैले ध्यान नदिएको स्थानीय समेत रहेका पुर्चौंडी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख विनोदसिंह भण्डारीले बताए । उनले भने ‘महेश जागरी अहिले मानसिक रुपमा समेत कमजोर बनेका छन् । उनको दीर्घकालिन व्यवस्थापनका लागि सरकारले ध्यान दिनुपर्दछ ।’

पहिरोका कारण घरबारविहिन भएका महेशले कहिँकतैबाट सहयोग मिलेमा घर बनाउने बताएका छन् । उनले भने ‘बुढेसकालका आमा छन्, अपांगता भएको भाइ छ । उनीहरुको व्यवस्थापनका लागि घर बनाउन आवश्यक छ । तर म संग अहिले आर्थिक अभाव छ ।’

जिल्ला विपद् व्यवस्थापन समितिबाट पाउनुपर्ने राहत पनि उनले पाएका छैनन् । प्रवासी नेपालीहरुको सहयोगमा संकलन भएको १ लाख ६५ हजार रुपैंया बाहेक अन्यत्र कतैबाट सहयोग नपाएको उनले बताए । 

यता जिल्ला प्रशासन कार्यालयले भने महेश जागरीलाई केही दिनभित्रै विपद् व्यवस्थापन समितिबाट राहत रकम प्रदान गर्ने जनाएको छ । पहिरोमा ज्यान गुमाएका परिवारलाई प्रतिव्यक्ति दुई लाख र एकैघरको अर्को व्यक्तिको पनि ज्यान गएमा थप लाख राहत रकम दिने व्यवस्था रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शंकरबहादुर बोहराले बताए । 

पहिरो पीडित महेश जागरीको परिवारलाई नियमानुसारको ३ लाख रुपैंया राहत केही दिनभित्रै प्रदान गरिने बोहराले बताए । विपद् व्यवस्थापन समितिको खाता सञ्चालन हुन बाँकी रहेकाले खाता सञ्चालन हुने बित्तिकै राहत रकम प्रदान गरिने उनले बताए । 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा