महाकाली राजमार्ग अवरुद्ध

September 10, 2:01

बैतडी,२४ भदाै । बैतडीको सुर्नया गाउँपालिका वडम नम्बर ३ धरमघर नजिकको सडकखण्डमा खसेको पहिरोले महाकाली राज मार्ग अवरुद्ध छ।
सतबाँझ–गोकुलेश्वर खण्डको सुर्नया गाउँपालिका–३ धरमघर भन्दा तल  हिलसाइड होटेल नजिक  पहिरो खसेपछि राज मार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय  बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।


 लागातारको  वर्षाका कारण सडक माथिबाट पहिरो खसेर आइतबार  बिहान  ११ बजे देखि राजमार्ग  अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय  बैतडीले जनाएको  छ ।  राजमार्ग अवरुद्ध हुँदा  सवारी साधन रोकिएका छन्। सवारी साधन रोकिँदा यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन्।
राजमार्गमा खसेको पहिरो पन्छाएर सडक खुलाउने  प्रयास भइरहेको प्रहरी प्रवक्ता खत्रीले बताए । बैतडी सहित  सुदूरपहाडमा हिजो देखि लगातार वर्षा भैरहेको  छ । 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा