जयपृथ्वी राजमार्ग अझै अवरुद्ध 

फाईल फोटो
फाईल फोटो
September 11, 9:18

बैतडी,२५ भदौ ।  जयपृथ्वी राजमार्ग खुलाउन झोताबाट लोडर मगाइएको छ। आइतवार दिउँसा देखि अबरुद्ध बनेको बैतडीको खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग खुलाउनको लागि बझाङको झोताबाट लोडर मगाइएको छ।

बैतडीको पाटन नगरपालिका ८ को झौलेक मोड नजिक सडकमाथिबाट खसेको ढुंगाले सडक अबरुद्ध बनेको थियो। सडक अबरुद्ध बनेलगत्तै दुई वटा जेसीबी लगाएर ढुंगा फाल्ने प्रयास गरिएको थियो। तर जेसीबीले ढुंगा फाल्न नसकेपछि झोताबाट लोडर मगाइएको खोडपे प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरिक्षक गणेश बिकले जानकारी दिए।

राजमार्ग अबरुद्ध भएपछि यतायात ठप्प भएसँगै यात्रुहरु अलपत्र परेका छन्। लोडर आज (सोमवार) ११ बजेभित्रै पुग्ने र लगत्तै सडक सुचारु हुने प्रहरीले बताएको छ। 
 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा