जिम्बावे आइसीसीको निलम्बनमा, अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेल्न नपाउने

Jimbabe
Jimbabe
July 19, 12:27

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले जिम्बावे क्रिकेटलाई निलम्बन गरेको छ। सरकारी हस्तक्षेप बढेको भन्दै आइसीसीले जिम्बावेसहित क्रोएसिया र जाम्बियालाई  पनि निलम्बन गर्ने निर्णय गरेको हो।

सरकारी हस्तक्षेप बढेको र आइसीसीको धारा २९४० को सी र डी विपरीत काम गरेको भन्दै जिम्बावेलाई तत्कालैदेखि लागू हुनेगरी निलम्बन गरिएको हो।

आइसीसीले निलम्बनसँगै सबै अनुदान समेत रोक्का गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता समेत खेल्न नपाउने जनाएको छ।

ुहामी हाम्रो मेम्बरलाई निलम्बन गर्ने निर्णयलाई हल्का तरिकाले लिँदैनौँ। खेलमा सरकारी हस्तक्षेप चाहदैनौँ। जिम्बावेमा भएको घटना एकदमै सिरियस छ र आइसीसीको नियम तोडिएको छुआइसीसीका अध्यक्ष शशांक मनोहरले भने।

निलम्बनप्रति जिम्बावेका क्रिकेटर सिकन्दर राजाले दुःख व्यक्त गरेका छन्। 

निलम्बनमा परेपछि अब जिम्बावेले अक्टोबर(नोभेम्बरमा यूएईमा हुने टी २० विश्वकपको ग्लोवल छनोट खेल्न पाउने सम्भावना अत्यन्तै न्यून रहेको छ।

आइसीसीले जिम्बावे क्रिकेट बोर्डलाई ३ महिनाभित्र यस मुद्दालाई समाधान गर्न अल्टिमेटम समेत दिएको छ। जिम्बावेले उपयुक्त कदम चालेमा आगमी अक्टोबरमा हुने बैठकमा कारबाही पुनरावलोकन गर्न सकिने आइसीसीले जनाएको छ।

आइसीसीले क्रोएसिया र जाम्बियाको क्रिकेट बोर्डलाई पनि निलम्बन गरेको छ। मापदण्ड नपुगेको भन्द मोरक्कोको क्रिकेट बोर्डलाई निष्काशन गरेको छ।

लण्डनमा भएको बैठकमा निलम्बनमै रहेको नेपाल क्रिकेट संघबारे भने कुनै छलफल भएन। सरकारी हस्तक्षेप बढेको भन्दै २०७३ साल वैशाख १३ मा क्यान निलम्बनमा परेको थियो। त्यसयता बारम्बार फुकुवाको प्रयास भए पनि सफल हुन सकेको छैन।

निलम्बनमा रहे पनि नेपालले अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता भने खेलिरहेको छ। 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा