धोनीको नाम ‘गिनीज बुक अफ वल्ड रेकर्ड’मा

MS-Dhon
MS-Dhon
July 19, 6:33

एजेन्सी- क्रिकेट प्रेमीका लागि महेन्द्रसिंह धोनी अपरिचित नाम हैन । उनले भारतीय टीमको कम्तानी सम्हाल्दा विश्व चर्चित भए । यो सबैले जानेको र बुझेको विषय हो। तर, तिनै धोनी ‘गिनीज बुक अफ वल्ड रेकर्ड’मा नाम लेखाउन पनि सफल भएका छन् भन्ने विषय सबैलाई ख्याल नहुन सक्छ ।

पूर्व भारतीय कप्तान धोनीको नाम ‘गिनीज बुक अफ वल्ड रेकर्ड’मा छ । उनको नाम ‘गिनीज बुक अफ वल्ड रेकर्ड’मा रहनु २०११ को विश्वकपको विजयी छक्का हो ।

पूर्व भारतीय कप्तान सचिन तेन्दुलकर, राहुल द्रविड र सौरव गांगुली पछि भारतका लागि सर्वाधिक रन जोड्ने कप्तानको रेकर्ड धोनीकै नाममा छ । क्रिकेटमा तीन वटै विधामा बनाएको उनको रन सबै भन्दा बढी छ ।

त्यस्तै धोनीले श्रीलंकाविरुद्धको विश्वकप फाइनल खेलमा छक्का प्रहार गर्दै २८ वर्ष पछि भारतलाई उपाधि दिलाएका थिए । धोनीले फाइनल खेलमा छक्का हानेको ब्याट दुनियाको सबै भन्दा महँगो ब्याट बनेको छ ।

भारतको एक कम्पनी आर के ग्लोबल एन्ड सेकुरिटी लिमिटेडले धोनीको उक्त ब्याटलाई किन्नका लागि लाखौ डलर खर्चेको थियो । जहाँ कम्पनीले उक्त ब्याटका लागि १ लाख ६१ हजार २९५ डलरको बोली लगाएको थियो । यती महंगो ब्याट बिक्री भएका करण धोनीको नाम ‘गिनीज बुक अफ वल्ड रेकर्ड’मा राखिएको हो ।

सम्बन्धित वर्गका समाचारहरू

इजरायलमा रहेका विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको जहाज राति ११…
काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज… विस्तृतमा
एप्पल इभेन्ट आज, सार्वजनिक हुँदै छ आइफोन १५ 
काठमाडौँ,२६ भदौ । युरोपियन युनियन र चीन सरकार दुवैतिर समस्याको सामना गरिरहेको र स्मार्टफोनको… विस्तृतमा
अब फेसबुक चलाउन पैसा तिर्नुपर्ने !
यदि तपाईं पनि फेसबुक तथा इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि निकै महत्वपूर्ण खबर छ ।… विस्तृतमा
मिनिबससँग रेल ठोक्किँदा चिलीमा ७ को मृत्यु
चिली । दक्षिण अमेरिकी देश चिलीमा शुक्रबार रेलवे क्रसिङमा एउटा यात्रुवाहक रेल एक मिनीबससँग ठोक्किएको… विस्तृतमा