धनगढीका वडा तहमा शारिरिक तन्दुरुस्ती शिविर संचालन गरिने 

Mayor
Mayor
July 20, 11:12

धनगढी, साउन ४ - धनगढी उप–महानगरपालिकाका वडा तहमा शारीरिक तन्दुरुस्ती चेक जाँच शिविर संचालन गरिने भएको छ ।
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडका अनुसार शनिवार देखि रीरिक तन्दुरुस्ती चेक जाँच शिविर वडामा सुरु गरिने भएको हो । नगरबासीको निशुल्क स्वास्थ्य परिक्षण गर्नका लागि शिविर संचालन गरिरहेका छौं नगरप्रमुख वडले भने, यस शिविरबाट बढी भन्दा बढीलाई सेवा लिन म आग्रह गर्दछु ।
धनगढी उप–महानगरपालिकाको सहयोग तथा सुदूरपश्चिम एकेडेमीको आयोजनामा शिविर संचालन भैरहेको हो । सुदूरपश्चिम एकेडेमीका निर्देशक सुवास शाहीले प्रत्येक वडामा दुई दिन सम्म शिविर चल्ने बताए । शनिवार वडा नं १ बाट शिविर सुरु गरिने छ ।  धनगढी उप–महानगरपालिका स्वास्थ्य शाखा प्रमुख डा।खगेन्द्र बमले नगर्ने रोगका कारण ७० प्रतिशत व्यक्तिको ज्यान गइरहेको बताए । त्यसैले शारीरिक तन्दुरुस्ती चेक जाँच शिविर आवश्यक भएको बताए । नियमित स्वास्थ्य परिक्षण गर्ने बानि धेरैको छैन डाक्टर बमले भने, चेकजाँच नगर्दा कतिपय ब्यक्ति रोग जटिल अबस्थामा पुगेपछि मात्रै थाहा पाउँछन् ।


 

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा