मनकारी अक्षय कुमार ! बाढी पीडितका लागि गरे २ करोड आर्थिक सहयोग…

Akshya
Akshya
July 20, 12:23

काठमाडौं। भर्खरै मात्र धनी कलाकारको लिस्टमा पर्न सफल भएका बलिउडका चर्चित एलं लोकप्रिय नायक अक्षय कुमारले देशप्रतिको आफनो जिम्मेवारी बहन गर्दै आईरहेका छन् ।

उनले देशमा आईपरेका प्राकृतिकदेखि अन्य विपदको समयमा ठुलो आर्थिक सहयोग गरेर उनी लाखौँ करोडौँ मानिसहरुको मन जित्दै आएका छन् ।सोही कारण पनि उनलाई पर्दाको मात्र होईन बास्तविक जीवनमै हिरो भएको भन्दै प्रशंसा पनि गरिन्छ ।

यतिबेला भारी बर्षाको कारण भारतका विभिन्न जिल्लाहरु प्रभावित बनेका छन् भने कयौँ मानिसहरु बिस्थापित पनि भएका छन् । उनै बिस्थापितहरुका लागि अक्षयले फेरी ठुलो आर्थिक सहयोगको घोषणा गरेका छन् ।

उनले बाढी पीडितहरुका लागि २ करोड आर्थिक सहयोगको घोषणा गरेका छन् । उनले असम राज्यका बाढी पीडितहरुका लागि २ करोड भारु सहयोगको घोषणा गरेका हुन् ।

उनले ट्वीटरमार्फत उक्त जानकारी दिँदै १ करोड मुख्यमन्त्री राहत कोषमा र अर्काे १ करोड काजीरंगा नेशनल पार्कको रेस्कूयका लागि दान दिने घोषणा गरेका हुन् । यसअघि पनि उनले यस्ता सामाजिक कार्यका लागि आर्थिक सहयोग गर्दै आएका छन् ।

करिश्मरको पुलवामामा आक्रमण हुँदा पनि उनले शहिद परिवारका लागि ५ करोड र केही समय अगाडी बैशाखमा भारतमा आएको आँधी प्रभावितहरुका लागि पनि एक करोड भारु आर्थिक सहयोग गरेका थिए ।

सम्बन्धित वर्गका समाचारहरू

इजरायलमा रहेका विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको…
काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज… विस्तृतमा
एप्पल इभेन्ट आज, सार्वजनिक हुँदै छ आइफोन १५ 
काठमाडौँ,२६ भदौ । युरोपियन युनियन र चीन सरकार दुवैतिर समस्याको सामना गरिरहेको र स्मार्टफोनको… विस्तृतमा
अब फेसबुक चलाउन पैसा तिर्नुपर्ने !
यदि तपाईं पनि फेसबुक तथा इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि निकै महत्वपूर्ण खबर छ ।… विस्तृतमा
मिनिबससँग रेल ठोक्किँदा चिलीमा ७ को मृत्यु
चिली । दक्षिण अमेरिकी देश चिलीमा शुक्रबार रेलवे क्रसिङमा एउटा यात्रुवाहक रेल एक मिनीबससँग ठोक्किएको… विस्तृतमा