औषधि बाेकेर डाक्टर केसी बाढी प्रभावित राैतहटमा

Govind KC
Govind KC
July 20, 12:54

रौतहट, साउन ४ - डाक्टर गाेविन्द केसी औषधि बाेकेर बाढी प्रभावित जिल्ला राैतहट पुग्नु भएकाे छ । बाढी प्रभावित इशनाथ नगरपालिकाको बन्जरहामा वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले बाढी पीडित नागरिककाे स्वास्थ्य परीक्षण गर्नु भएकाे छ ।

बाढीको डुबानमा रहेकाे इशनाथको बन्जरहामा महामारी फैलने सम्भावना बढ्दै शुक्रबार बिहान रौतहट सदरमुकाम गौर आइपुग्नु भएका डाक्टर केसीले बन्जरहाको स्थानीय स्वास्थ्य चौकीमा गएर त्यहाँ आउने बिरामीकाे स्वास्थ्य परीक्षण गर्नु भएकाे हाे ।

उहाँले बाढीबाट प्रभावित बस्तीका बासिन्दाहरुमा झाडापखाला, भाइरल ज्वरो, छाला रोग,  आउँलगायतका बिरामीहरुको स्वास्थ्य परीक्षण गरेर नि:शुल्क रुपमा औषधि वितरण गर्नु भएकाे छ । स्थानीय स्वास्थ्यकर्मीहरुको सहायतामा बन्जरहाका बिरामीहरु डा. केसीसँग स्वास्थ्य परीक्षण गराए ।

बाढी आएको आठ दिनसम्म पनि जिल्ला स्वास्थ्य कार्यालय तथा स्थानीय विपद् व्यवस्थापन समितिबाट स्वास्थ्य परीक्षणसम्बन्धी कुनै क्याम्प सञ्चालन नगरेको अवस्थामा डा. केसी आएर परीक्षण सुरु गर्दा बिरामीको चाप बढेको इशनाथ कार्यपालिका सदस्य तथा बन्जरहा निवासी ग्रिषनन्दन सिंहले बताउनुभयाे ।

बाढीको मार खेपिरहेका रौतहटका नागरिकलाई केही राहत पुगोस् भन्ने उद्देश्यले आफू आएको डाक्टर केसीले बताउनुभयाे ।  उहाँले भन्नुभयाे, 'आफ्नै देशका जनता पीडामा रहँदा आफू पीडा सहेर बस्न सक्दिनँ । हरेक नेपालीको सुख दु:खमा म सदैव साथमा रहने छु ।' आफू हाडजोर्नी विशेषज्ञ भए पनि जतिसक्दो सेवा सुविधा दिएर नागरिकलाई कष्टबाट निवारण गर्ने आफनो पहिलो कर्तव्य रहेको स्पष्ट पार्नुभयाे । उहाँले थप्नुभयाे, 'मेरो अन्तिम सास चलेसम्म नेपाली जनताहरुको कष्ट निवारण गर्ने अभियानलाई निरन्तर रुपमा जारी राख्छु ।'

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश सरकार
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा