सुदूरपश्चिम प्रदेशबाट नगरविकासमा देउवा मनोनित

 भिमबहादुर देउवा
भिमबहादुर देउवा
July 21, 1:04

धनगढी, साउन ५ - सुदूरपश्चिम प्रदेशबाट नगरविकास कोषको संचालक समितिमा भिमबहादुर देउवा मनोनित भएका छन् ।
देउवा कैलालीको गौरीगंगा नगरपालिकाका नगरप्रमुख हुन । प्रदेशका विभिन्न महानगर र नगरपालिकाका मेयर तथा उपमेयर तीन जना महिला सहित ७ जनालाई नगर विकास कोषको सञ्चालक समितिको सदस्य पदमा मनोनयन गर्ने प्रावधान रहेको छ । सोही प्रावधानअन्तर्गत  सुदूरपश्चिम प्रदेश बाट गौरीगंगा नगरपालिकाका प्रमुख देउवा मनोनयन भएका हुन ।
नगरविकास कोष संचालक समितिको सदस्यमा आफुले प्रदेशकै प्रतिनिधित्व गर्ने भएकाले गौरीगंगा संगै प्रदेशका सबै नगरपालिकाहरुको विकासका लागि गम्भीर भएर लाग्ने बताए । सफत लिएपछि सुदूरपश्चिम प्रदेशका ३४ वटै नगरपालिकाका प्रमुखहरु संग बैठक बसेर यहाँ कुन क्षेत्रमा नगरविकासले लगानी कहाँ आवश्यक छ भन्ने बारेमा छलफल गरिने बताए । उनले भने नगरविकासको लगानी ठोस ठाउँमा लाग्नुपर्छ भन्नेमा म छु ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा