वडा कार्यालयमा भएको आगजनीका विषयमा सरकारको ध्यानाकर्षण

Purna Joshi
Purna Joshi
July 23, 10:52


धनगढी, साउन ७ - सुदूरपश्चिम प्रदेश सभाको मङ्गलवारको बैठकमा प्रदेश सांसद पूर्णा जोशीले वडा कार्यालयमा गरिएको आगजनीका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ । बैठकको सुरुमै समय माग गरेर उहाँले  घटनाका विषयमा सङ्घ सरकारको समेत ध्यानाकर्षण गराउनु भएको हो । 
उहाँले भन्नु भयो ‘माननीय सभामुख महोदय, अज्ञात समूहले आगजनी गरेर डोटीको जोरायल गाउँपालिका वडा नम्बर ४ को वडा कार्यालयका सम्पूर्ण कागजातहरू नष्ट भएका छन् । जनप्रतिनिधिहरूलाई निरन्तर रूपमा चन्दाका नाममा दिइने आतङ्कबाट अहिले सबै त्रसित भएको अवस्था छ । निरन्तर रूपमा चन्दा मागिरहँदाखेरी विकास बजेटबाट वडाध्यक्षले चन्दा दिन नसकेपछि सो घटना घटेको भन्ने कुरा सुन्नमा आएको छ । म माननीय सभामुख मार्फत, प्रदेश सभा मार्फत नेपाल सरकार मन्त्री परिषद्को ध्यानाकर्षण गराउन चाहन्छु । 
धेरै जसो वडाध्यक्ष गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष ज्यूहरू र जनप्रतिनिधि आम रूपमा अहिले चन्दा आतङ्कबाट त्रसित हुनुहुन्छ । यो वातावरण अन्त्यको लागि तत्काल  द्धन्द्धरत पक्ष सँग वार्ताको वातावरण निर्माण गरेर ढुक्कसँग जनताका कामहरूमा लाग्ने वातावरण बनाउनका लागि माननीय सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । धन्यवाद !
प्रदेश सांसद पूर्णा जोशीले प्रदेश सभामा बोलेको सम्पादित अंश ।


अज्ञात समूहले डोटीको वडा कार्यालयमा आगजनी गरेको थियो । जोरायल गाउँपालिका–४, लक्ष्मीनगरमा रहेको वडा कार्यालयमा सोमबार राति अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक लालबहादुर धामीका अनुसार अज्ञात समूहले सोमबार राति करिब १ बजेको समयमा आगजनी गरेको बताए ।
आगजनी किन र कसले गर्‍यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता धामीले बताए । आगजनीबाट उक्त वडा कार्यालयको वडाध्यक्ष तथा वडासचिवको कोठामा भएका सम्पूर्ण सरसामान जलेर नष्ट भएको वडाध्यक्ष नन्दराज भट्टले बताए । 
विप्लव समूहका कार्यकर्ताले आगजनी गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा