बिपी स्मृती दिवसको अवसरमा स्टेशनरी वितरण

1
1
July 24, 6:12

धनगढी, साउन ८ - नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वर प्रशाद कोईरालाको ३७ औं स्मृती दिवशको अवसरमा धनगढी स्थीत आमाको माया छात्रबासका विद्यार्थीहरुलाई स्टेशनरी वितरण गरिएको छ ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति कैलाली र नेपाली कांग्रेस धनगढी नगरसमितिको संयुक्त आयोजनामा विद्यार्थीहरुलाई स्टेशनरी सामग्री हस्तान्तरण गरिएको हो । आमाको माया छात्रबासमा ३५ जना असहाय बालकहरु रहेका छन् । स्टेशनरी समाग्री वितरण कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशसभा सदस्य डिल्लीराज पन्तले बिपी झुपडीबाट समृद्धीको थालनी हुनुपर्छ भन्ने महान बिचारक भएको बताए । बिपी बाबु दुरदर्शि नेता थिए प्रदेशसभा सदस्य पन्तले भने, अहिले नेपाली कांग्रेस मात्रै होईन कम्यूनिष्टहरु पनि बिपीको लाईनमा आईसकेका छन् ।
नेपाली कांग्रेस धनगढी नगरसमितिका सभापती तथा धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले, बिपीले प्रतिपादन गरेको दर्शन बिश्वमै उत्कृष्ठ दर्शन भएको बताए । बिपी बिचारको सान्दर्भीकता हिजो मात्रै होईन आज र भोली सधै रहने छ नगरप्रमुख वडले बताए ।
स्टेशनरी वितरण कार्यक्रममा नेपाल महिला संघका केन्द्रिय सदस्य तथा धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशिला मिश्र भट्ट, नेपाल महिला संघ कैलाली जिल्ला अध्यक्ष पुष्पा भट्ट लगायत थुप्रै नेता कार्यकर्ताहरुको उपस्थीति रहेको थियो ।
  
 

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा