मेसीलाई १५०० डलर जरिवाना

messi
messi
July 25, 7:09

एजेन्सी, साउन ८ - प्राय आफ्नो फुटबल करिअरमा सँधै शान्त रहने मेसी केहि साता अघि सम्पन्न भएको कोपा अमेरिका फुटबलमा एकाएक आक्रामक बने। कारण थियो आफ्नो फुटबल जिवनको दोस्रो रातो कार्ड र त्यसअघि ब्राजिलविरुद्ध सेमिफाइनल। जहाँ मेसीले करिअरकै तनावपुर्ण अभिब्यक्ति दिए। कोपा अमेरिकाको तेस्रो स्थानका लागि भएको खेलमा अर्जेन्टिनाका कप्तान लियोनेल मेसीलाई रातो कार्ड देखाइएको थियो। उनले उक्त खेलपछि दक्षिण अमेरिकी फुटबल भ्रस्टचारको सिकार भएको आरोप लगाए।

उक्त अभिब्यक्ति पछि विश्व फुटबलनै दुई खेमामा विभाजित भएको थियो। कतिपयले मेसीले विना आधार नबोल्ने भन्दै उनको सपोर्ट गरेका थिए भने कतिले मेसीले लज्जास्पद टिप्पणी गरेको भनेका थिए। सोहि अभिब्यक्ति र रातो कार्डका लागि मेसीलाई दक्षिण अमेरिकन फुटबल संघले एक खेल र १५०० डलर जरिवाना गर्ने निर्णय गरेको छ। मेसीले खेलपछि प्रतियोगिता जित्ने टिम पहिलेनै तय भएको भन्दै ब्राजिलले प्रतियोगिता जित्ने बताएका थिए। ब्राजिलले सेमिफाइनलमा अर्जेन्टिनालाई पराजित गरेको थियो।

मेसीले दक्षिण अमेरिकन फुटबल संघ लाई भ्रस्टचारमा डुबेको भनेपछि उनीमाथि तीनवर्ष सम्म प्रतिबन्ध लाग्न सक्ने जनाइएको थियो। मेसीले खेलपछि अवार्ड समारोहमा अवार्ड लिनपनि अस्वीकार गरेका थिए। संघले मेसीको भनाई अस्विकार्य भएको भनेपनि कडा प्रतिबन्ध लगाउन भने सकेन्  मेसीले यो प्रतिबन्ध २०२२ को विशवकप छनोटको दौरान एक खेलमा झेल्नु पर्ने  छ।

सम्बन्धित वर्गका समाचारहरू

इजरायलमा रहेका विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको…
काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज… विस्तृतमा
एप्पल इभेन्ट आज, सार्वजनिक हुँदै छ आइफोन १५ 
काठमाडौँ,२६ भदौ । युरोपियन युनियन र चीन सरकार दुवैतिर समस्याको सामना गरिरहेको र स्मार्टफोनको… विस्तृतमा
अब फेसबुक चलाउन पैसा तिर्नुपर्ने !
यदि तपाईं पनि फेसबुक तथा इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि निकै महत्वपूर्ण खबर छ ।… विस्तृतमा
मिनिबससँग रेल ठोक्किँदा चिलीमा ७ को मृत्यु
चिली । दक्षिण अमेरिकी देश चिलीमा शुक्रबार रेलवे क्रसिङमा एउटा यात्रुवाहक रेल एक मिनीबससँग ठोक्किएको… विस्तृतमा