डडेल्धुरा महिला संघको विवाद कुटपीटमा परिणत : गम्भीर घाईते काठमाण्डौं रेफर

1
1
July 25, 7:22

डडेल्धुरा, साउन ९ - डडेल्धुरामा महिला संघको विवाद कुटपीटसम्म पुगेको छ । महिला संघ तदर्थ समितिको बैठक बस्दा संयोजक तथा परशुराम नगरपालिकाकी उप–मेयर कलावती बोहरा, उप–संयोजक बसन्ती भण्डारी लगायतका नेतृहरुमाथि कुटपिट हुँदा गम्भीर घाइते भएका छन्। घाईतेको डडेल्धुरामा उपचार हुन नसक्दा काठमाण्डौं पठाइएको छ ।

नेपाली काँग्रेसको पार्टी कार्यालयमा महिला संघको बैठक चलिरहेका बेला कार्यालय सचिव राम विष्टले उनीहरुमाथि कुटपिट गरेको आरोप छ। कुटपिटबाट संयोजक बोहरा र उपसंयोजक भण्डारी घाईते भएका छन्। भण्डारीलाई डडेल्धुरा अस्पतालले थप उपचारका लागि काठमाडौँ रेफर गरिसकेको महिला संघ तदर्थ समितिकी संयोजक बोहराले बताईन्। उनले कार्यालय सचिव विष्टले कार्यालय भित्र किन बैठक गरेको भन्दै आफुहरुमाथि कुटपिट गरेको बताईन्।

basanti-bhandari

‘कार्यालय भित्र बैठक गर्नका लागि कार्यालय सहयोगीलाई फोन ग¥यौ,’ उनले भनिन्, ‘कार्यालय सहयोगी नआएपछि ताल्चा खोल्दै बैठक हलमा छलफल भईरहेको थियो, एक्कासी कार्यालय सचिवले आक्रमण गरे।’ उनले भण्डारीलाई भित्तामा टाउको ठोक्दै कुटपिट गरेको र आफुमाथि कुर्चीले प्रहार गरेको बताईन्। कुटपिटमा संग्लन विष्ट जिल्ला सभापति तथा प्रदेश संसद कर्ण मल्ल स्वकीय हुन् भने महिला संघका नेतृहरु नेता रघुविर भट्ट पक्षका हुन्। महिला संघ जिल्ला तदर्थ समितिले विज्ञप्ती जारी गर्दै पार्टी सभापति मल्लको ठाडो निर्देशनमा कुटपिट भएको आरोप लगाएको छ।

यता पार्टी सभापति मल्लले भने कार्यालयको ताल्चा तोडेर बैठक गरेकाले सामान्य विवाद भएको बताए। उनले महिला संघका आधिकारिक पदाधिकारी समेत उनीहरु नभएको दावी गरे। काँग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्लामा नेपाल महिला संघ केन्द्रीय समितिले डडेल्धुरा महिला संघ तदर्थ समितिको संयोजकमा बोहरालाई मनोनय गरेपछि विवाद बढ्दै गएको थियो।

कांग्रेस डडेल्धुराका सभापति मल्लले लेटरप्याडको दुरुपयोग गरी संयोजक चयन गरिएको दाबी गर्दै आएका छन्। पछिल्लो समय देउवा पत्नी राणा र जिल्ला सभापति मल्लबीच खटपट बढ्दै गएपछि डडेल्धुरा काँग्रेसमा विवाद झनै बढेको छ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा