कैलालीको गोदावरीमा चिर्पटले हानेर छोराले गरे आफ्नै बुवाको हत्या

File Pfoto
File Pfoto
July 29, 11:51

अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं ५ मा एक युवकले चिर्पटले हानेर आफ्नै बुवाको हत्या गरेका छन् । गोदावरी नगरपालिकाको वडा नं ५ र्बबाटामा गएराति करिब सवा नौ बजेको समयमा छोरोले दाउराको चिर्पटले हानेर आफ्नै बुवाको हत्या गरेका हुन् ।

३० बर्षका छोरा राम सिं कुमालले दाउराको चिर्पट प्रहार गर्दा आफ्नै बुवा ६० वर्षीय अम्मर सिं कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । रातिको समयमा समान्य घरायसि विवाद भए पछि छोरोले बुवा माथि चिर्पट प्रहार गरेका थिए ।

चिर्पट प्रहारवाट गम्भिर घाईते भएका अम्मर सिं कुमाललाई उपचारका लागि सेती अञ्चल अस्पतालमा पुञ्याइएको भएपनि उनको उपचारकै क्रममा मृत्यु भएको हो । घटना पछि तुरुन्त घटना स्थलमा पुगेको  ईलाका प्रहरी कार्यालय मालाखेतीको टोेलीले हत्या गरी फरार रहेको छोरा राम सिं कुमाललाई दुई घण्टा मै पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुदिप गिरिले जानकारी दिए ।

हत्या गरी फरार रहेको कुमाललाई घटना भएको २ घण्टा भित्रै गोदावरी नगरपालिका वडा नं १ धनगढी रोडको सब्जी मण्डी नजिकै लुकेर बसेको अबस्थामा पक्राउ गरिएको उनले बतए । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा