आईसीसी टी-२० वरीयतामा कप्तान पारसकाे छलाङ, धाेनी र गेलभन्दा अगाडि

paras_khadka
paras_khadka
August 07, 6:17

काठमाण्डाै - अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको टी–२० को वरीयतामा नेपाली टिमका कप्तान पारस खड्काले ठूलो छलाङ मारेका छन् । उनी टी–२०को अलराउण्डरतर्फ ४१ बाट २५औँ स्थानमा उक्लिएका छन ।

हालै मलेसिया र सिंगापुरमा गरेको प्रदर्शनका आधारमा उनी आईसीसीको वरीयतामा पनि ठूलो छलाङ मारेका हुन् । उनले भारतीय खेलाडी सुरेश रैनालाई पनि पछि पारेका छन् । यस्तै त्यही स्थानमा मिचेल सान्टानेर र इल्टोन चिगंम्बुरा पनि रहेका छन । उनले अलराउण्डमा अफगानिस्तानका रासिद खान, डेविड वेली, क्रिस मोरिस, जोय रुट, क्रिस गेल, कायरन पोलार्ड, बेन स्टोकलाई पनि पछि पारेका छन् ।

अलराउण्डमा अर्का खेलाडी साेमपाल कामी ६६औँ स्थानमा यथावत रहेका छन् । नेपाली खेलाडी याे वरीयतामा पुगेकाे अहिलेसम्मकै ठूलाे हाे । 

यस्तै ब्याटिङमा पनि पारस खड्का ६६ औं स्थानमा उक्लिएका छन् । उनको चार सय १७ अंक रहेको छ । उनले महेन्द्रसिंह धोनीलाई पनि पछि पारेका छन । धोनी ६७ औं स्थानमा रहेका छन । यस्तै क्रिस गेल पनि पारस भन्दा पछाडि रहेका छन । गेल ७३ औंँ स्थानमा छन ।

यस्तै बलिङमा नेपाली बलर बसन्त रेग्मी ७१ औं स्थानमा झरेका छन् भने सोमपाल कामी ७८ औं स्थानमा यथावत रहेका छन् ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा