पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरण : रवि लामिछानेसहित ३ जना पक्राउ

Rabi
Rabi
August 16, 7:04

चितवन - सञ्चारकर्मी रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्याबारे छानबिन तथा अनुसन्धान गर्न प्रहरीले लामिछानेलाई पक्राउ गरेको हो । 

लामिछानेसँगै पत्रकार युवराज कँडेललाई पनि पक्राउ गरिएको चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिनुभयाे । उनीहरुलाई काठमाण्डाैकाे पानीपोखरीमा रहेको न्यूज २४ टेलिभिजनको कार्यालयबाटै चितवनबाट आएको प्रहरीको टोलीले पक्राउ गरेको हाे ।

यसअघि पुडासैनी आत्महत्याकै अनुसन्धानका लागि प्रहरीले अस्मिता कार्कीलाई पनि पक्राउ गरेको थियो । माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघिको भिडियो बाहिरिएपछि तीनै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पुडासैनी एक महिनाअघि मात्रै न्यूज २४ टीभी छाडेर माउण्टेन टेलिभिजन आएका थिए । 

पक्राउ परेकाहरुलाई आजै चितवन ल्याइने एसपी दानबहादुर मल्लले जानकारी दिनुभयाे ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा