धनगढीको बजार अनुगमनमा कडाई गर्ने निर्णय

ok
ok
August 16, 4:26

धनगढी, साउन ३१ - धनगढी उप–महानगरपालिकाको नगर अनुगमन समितिले बजार अनुगमनमा कडाई गर्ने निर्णय गरेको छ ।
शुक्रवार बसेको समितिको बैठकले भदौ २ गतेबाट निरन्तर बजार अनुगमनलाई निरन्तरता दिने निर्णय निर्णय पनि गरेको छ । चाडपर्वको मुखमा मात्रै गरिने अनुगमनले बजारको अवस्था सुधार आउन नसकेको भन्दै उप–महानगरपालिका क्यालेन्डर नै बनाएर अनुगमन गर्न सुरु गर्ने भएको हो ।
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले चाडपर्वका मुखमा दुई चार दिन गरिने अनुगमनले मात्रै बजारमा भैरहेको गुणस्तरहिन अखाद्य बस्तुको विक्रीवितरण नरोकिने बताए । अनुगमनलाई निरन्तरता दिनुपर्छ नगरप्रमुख वडले भने, त्यो पनि आकस्मीक र गलत गर्नेहरुले पूर्व सूचना नपाउने गरि गरिनुपर्छ । नगरप्रमुख वडले सबैले आ–आफ्नो ठाउँबाट ईमान्दार भएर काम गरेमा बदमासी रोकिने बताए । 
धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशिला मिश्र भट्टले बजार अनुगमन गर्दा सबै क्षेत्रहरुलाई समेटिनुपर्ने बताईन । खाद्यान्न, मेडिसिन, फलफुल यसरी फरक फरक क्षेत्रको बजार अनुगमन गर्दा क्षेत्रगत विज्ञहरुको साथ लिनुपर्छ उप–प्रमुख भट्टले भनिन् हाम्रो अनुगमन ब्यापारीलाई दुःख दिनुभन्दा बजारको अवस्थामा सुधार ल्याउनका लागि हो भनेर बुझाउनु जरुरी छ ।
राष्ट्रिय उपभोक्ता मञ्च कैलालीका अध्यक्ष हरी रेग्मीले निरन्तर बजारको अनुगमन गर्न नसक्दा अवस्थामा सुधार आउन नसकेको बताए । नेपाली बजारमा बिक्रीवितरण हुने गुणस्तरहिन बस्तु भित्रीने मुहानमै पुगेर अनुगमनलाई कडाई गर्नुपर्ने पनि अध्यक्ष रेग्मीले बताए ।
बैठकमा कैलाली उद्योग बाणिज्य संघका महासचिव ओम बिष्ट र होटल ब्यावसायी संघ कैलालीका अध्यक्ष कलम बमले बजार अनुगमनमा आफुहरुको साथ रहने बताए । धनगढी उप–महानगरपालिकाको नगर अनुगमन समितिको संयोजक योगेन्द्र चन्दले मुल समितिका साथै स्टेरिङ् समितिलाई पनि सक्रिय पार्ने निर्णय गरिएको बताए । 
 

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा