नेकपाको वरीयतामा माधव भन्दा झलनाथ अगाडि

Madhav-Kumar-Nepal-KP-Sharma-Oli-Jhalanath-Khanal_
Madhav-Kumar-Nepal-KP-Sharma-Oli-Jhalanath-Khanal_
August 19, 7:12

काठमाडौं, भदौ २ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले वरीयता विवादको टुंगो लगाएको छ। वरिष्ठताको आधारमा अब माधवकुमार नेपालभन्दा झलनाथ खनाल अगाडि हुने भएका छन्। वरीयतामा अध्यक्षहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पहिलो नम्बरमा छन्। त्यसपछि झलनाथ खनाल रहेका छन्। झलनाथपछि माधवकुमार नेपाल रहेका छन्। नेकपाको आइतबार बसेको सचिवालय बैठकले वरिष्ठताको विषयलाई टुंगो लगाएको हो। नेकपा सचिवालय बैठकले विभिन्न जनवर्गीय संगठनका इन्चार्ज र सहइन्चार्जको पनि टुंगो लगाएको छ। 
सचिवालयको निर्णयमा नेता नेपालले आपत्ति जनाएका छन्। उनले जनवर्गीय संगठनको नेतृत्व चयन र वरियताको विषयलाई लिएर नोट अफ डिसेन्ट लेखेका छन्। नेकपाले शुक्रबार ३३ वटा विभागको नेतृत्वको टुंगो लगाएको थियो। उसले सातै प्रदेशमा २–२ जना सहइन्चार्ज पनि तय गरेको थियो।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा