प्रधानमन्त्री ओली बिहीबार पुन : सिंगापुर जाने पक्का !

PM
PM
August 21, 7:45

काठमाडौँ, भदौ ४ - प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि पर्सी बिहीबार पुनः सिंगापुर जाने भएका छन् । प्रधानमन्त्री ओली थाई एयरबाट बिहीबार दिउँसो साढे १ बजे सिंगापुर जाने कार्यक्रम तय भएको छ।

यसअघि साउन १८ गते उनी स्वास्थ्य उपचारका सिंगापुर गई एक साताको उपचारपछि स्वदेश फर्किएका थिए । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीको क्रियाटिनाइनको मात्रा अझै घट्न नसकेको कारण समस्या भइरहेको छ।

स्वास्थ्य उपचार गरी फर्किएको दुई दिनपछि ज्वरो आएपछि उनले दिनभर आराम गरेका थिए ।  प्रधानमन्त्री ओलीले सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराउने बताइएको छ ।

प्रधानमन्त्री ओलीले १२ वर्षअघि मृगौला प्रत्यारोपण गरेका थिए । सामान्यतया प्रत्यारोपण गरेको १० वर्षपछि औषधी फेर्ने गरिन्छ । ओलीले अघिल्लोपटक सिंगापुर जाँदा औषधी फेरेको बताइएको छ । त्यही औषधीले राम्रोसँग काम नरेपछि प्रधानमन्त्री ओली फ्लोअपका लागि फेरि सिंगापुर जान लागेका हुन् ।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले यसबीचमा नेकपाभित्र एकताका लागि जटिल भनिएका काम पनि टुंग्याएका छन् । उनले आजै पनि नेकपाको सचिवालय बैठक बोलाएका छन् । बैठकमा एकताका लािग बाँकी रहेका काम पूरा गर्ने विषयमा छलफल हुने बताइएको छ ।

यसैगरी, प्रधानमन्त्री ओलीले आजै सर्वदलीय बैठक पनि बोलाएका छन् । साँझ ५ बजे बालुवाटारमा बोलाइएको सर्वदलीय बैठकमा सत्य निरुपण तथा मेलमिलाप र  वेपत्ता छानविन आयोगका पदाधिकारी पूर्ति, समसामयिक राजनीतिक विषय र आफ्नो स्वास्थ्य अवस्थाको बारे छलफल हुने अनुमान गरिएको छ ।

सिंगापुरबाट उपचार गरेर फर्किएपछि प्रधानमन्त्री ओलीले आइतबार संसदलाई सम्बोधन गरेका थिए ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा