रेडियो नेपाल दीपायलका कार्मचारीको पुनर्वहालीको माग गर्दै धर्ना

j
j
August 22, 5:57

रेडियो नेपालमा कार्यरत तीन जना कर्मचारीलाई जागिरबाट बर्खास्त गरेपछि पुनर्वहाली गर्नु पर्ने माग गर्दै धर्ना सुरु गरिएको छ। पत्रकार महासंघ डोटीको अगुवाईमा प्रदेश प्रशारण केन्द्र दीपायलको गेटमा धर्ना सुरु गरिएको हो। रेडियो नेपालमा कार्यरत पत्रकार सुनिता रावल, प्रकाश बम र चक्र कुँवरलाई बिना सुचना बर्खास्त गरेपछि धर्ना सुरु गरेको पत्रकार महासंघ डोटीका अध्यक्ष योगेन्द्र बलायरले बताए।

उनले वर्खास्त गरिएका तीनै जनालाई पुनर्वहाली गर्नु पर्ने बताए। रावल १० बर्ष देखि रेडियो नेपालमा कार्यरत थिइन भने बम र कुँवर तीन बर्षदेखि कार्यरत थिए। तीनै जनालाई गत सोमबार रेडियो प्रसार सेवा विकास समितिले जागिरबाट बर्खास्त गरेको थियो। उनीहरुको स्थानमा अन्य तीन जनालाई नियुक्ती दिईएको छ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा