रेडियो नेपालबाट निकालिएका पत्रकारलाई तत्काल पुर्नवहाली गरियोस्ः सांसद संग्रौला

dila_sangraula
dila_sangraula
August 22, 6:07

काठमाडौं, ५ भदौ । नेपाली कांग्रेस सांसद डा. डिला संग्रौला पन्तले रेडियो नेपालका पत्रकारलाई विना कारण जागिरबाट निकालिएको भन्दै आपत्ति जनाएकी छिन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सांसद संग्रौलाले नेपाल प्रेस यूनियनमा आवद्ध दिपायलमा कार्यरत तीन जना पत्रकारलाई विना कारण जागिरबाट निकालेको भन्दै पुर्नवहालीको माग गरेकी छन् ।

‘अहिलेको सञ्चारयुगमा रेडियो नेपालको विशिष्ट स्थान रहेको छ । तर सरकारले सरकारी सञ्चामाध्यमहरुलाई आफ्नो पार्टीको मुकपत्र बनाउने, कार्यकर्ता भर्ती गर्ने । विपक्षीको आवाजलाई दबाउने काम भइरहेको छ । सरकारले चालेको यस्तो कदमले हामीलाई झस्काएको छ’ उनले भनिन्, ‘सुदुपश्चिम प्रदेश दिपायल केन्द्रमा कार्यरत सञ्चारकर्मीलाई हटाएर आफ्ना कार्यकर्ता भर्ती गरिएको छ ।’

सांसद संग्रौलाले पत्रकार सुनिता रावल, प्रकाश बम र चक्र कुँवरलाई पुनर्बहाली गर्न माग गरेकी हुन् । उनीहरु तीनैजनालाई रेडियो नेपालको क्षेत्रीय प्रशारण केन्द्र दिपायलले भदौ १ गतेबाट लागू हुने गरी जागिरबाट निकालेको हो ।

पत्रकार रावल १० वर्षदेखि रेडियो नेपालमा कार्यरत थिइन् भने बम र कुँवर तीन वर्षदेखि कार्यरत थिए । उनले आफुहरु लोकतन्त्रका लागि संघर्ष गर्दा प्रेस स्वतन्त्रताका विषयलाई जहिल्यै उठाउँदै आइरहेको बताएकी छन् ।

सांसद संग्रौलाले नेपाली पत्रकारित बलियो रुपमा स्थापित हुँदै गइरहेको अवस्थामा सरकारका कारण लोकतन्त्रमाथि नै आघात पुग्ने हो कि भन्ने गम्भीर प्रश्न उब्जिएको आशंका व्यक्त गरेकी छन् ।

उनले भनिन्, ‘संविधानले पूर्ण स्वतन्त्रको ग्यारेन्टी गरेको अवस्थामा बिडम्बना भन्नुपर्छ सरकारले राष्ट्रिय समाचार समिति, रेडियो नेपाल, गोरखापत्र, नेपाल टेलिभिजनजस्ता सरकारी सञ्चारमाध्यमलाई स्वतन्त्र पत्रकारिता मूल्य मान्यता विपरित पूर्ण नियन्त्रणमा राख्ने दुश्प्रयास गरेको छ ।’

विवादित मिडिया काउन्सिल विधेयक ऐन, विद्युतीय कारोबार ऐन, विज्ञापन विधेयकलगायत वर्तमान सरकारले मिडियालाई कतिको नियन्त्रण गर्न खोजेको छ भन्ने कुरा प्रष्ट भइसकेको उनको ठम्याइ छ ।

साथै सांसद संग्रौलाले सरकारी सञ्चारमाध्यममाथिको हस्तक्षेप, सञ्चारकर्मीहरुको मनोबल गिराउने काम बन्द गरि पूर्ण प्रेस स्वातन्त्रतासाथ त्यहाँ कार्यरत कर्मचारीहरुलाई आत्म सम्मानसाथ काम गर्ने वातावरण मिलाउँदै हटाइएका पत्रकारहरुलाई तत्काल पुर्नवहालीको माग गरेकी छन् ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा