पत्रकार बर्खास्तीको विषयमा प्रशासन मार्फत सरकारलाई ज्ञापन

Union
Union
August 25, 3:22

धनगढी, भदौ ८  - रेडियो नेपालमा कार्यरत पत्रकार बर्खास्तीको विषयमा नेपाल प्रेस युनियन कैलालीले जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका छ । ज्ञापन पत्रमा लेखिएको छ, ‘रेडियो नेपाल प्रदेश प्रसारण कार्यालय दिपायलमा कार्यरत तीन जना सञ्चारकर्मीहरूलाई जागिरबाट निकालिएको घटनाप्रति नेपाल प्रेस युनियन कैलालीको गम्भीर ध्यान आकर्षण भएको छ ।  विगत १० वर्ष देखि उक्त प्रसारण केन्द्रमा कार्यरत सञ्चारकर्मी सुनिता रावल, ३ वर्ष देखि कार्यरत पत्रकार प्रकाश बम र चक्र कुँवरलाई तत्काल जागिरमा पुनर्बहाली गर्न विभागीय माननीय मन्त्री ज्यू सँग जोडदार माग गर्दछौँ ।
लोकतन्त्रको प्राप्तिका लागि पत्रकारीताका माध्यमबाट ठुलो योगदान पु¥याएका पत्रकारहरूलाई जानकारी सम्म नदिई जागिरबाट निष्कासन गरिएको घटनाले नेपाल प्रेस युनियनलाई चिन्तित बनाएको छ । यसलाई  युनियनले प्रेस स्वतन्त्रता, पेसागत सुरक्षा विरुद्धको कदमको रूपमा लिएको छ ।       
यस्तो पूर्वाग्रही पूर्ण निर्णय तत्काल सच्याई तीनै जना पत्रकारको पुनर्बहाली गरी काममा फर्काउन प्रेस युनियन माग गर्दछ । अन्यथा पत्रकारको हकहित र पेसागत सुरक्षाका लागि आन्दोलनमा उत्रने चेतावनी दिन चाहन्छौँ । यस्ता अन्याय पूर्ण र अलोकतान्त्रिक निर्णय विरुद्ध नेपाल सरकार र सम्बन्धित सबैमा ध्यानाकर्षण गराउन चाहन्छौ ।’
 

ok


                                                
 

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा