रवि लामिछाने र अंगुर जिसीविरुद्ध हालिएको मुद्दा खारेज

Kanchanpur
Kanchanpur
September 02, 5:46

कञ्चनपुर, भदौ १६  - 'सिधा कुरा जनतासँग' कार्यक्रमका प्रस्तोता रवि लामिछाने र निलम्बित डिएसपी अंगुर जिसीविरुद्ध हालिएको अदालतको मानहानीको मुद्दा खारेज भएको छ। निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा सुरुवाती अनुसन्धान गरेका डिएसपी जिसी र पत्रकार खेम भण्डारीसँग कार्यक्रम प्रस्तोता रवि लामिछानेले एक टिभी अन्तर्वार्ता गरेका थिए।

प्रमाण नष्ट गरेको र यातना दिएकोबारेको अभियोगमा जिल्ला अदालतमा कञ्चनपुरमा मुद्दा विचारधीन रहेकाले सार्वजनिक रुपमा बोल्न नमिल्ने र आफ्नो भाइ दिलिपसिंह विष्टलाई अभियोग लगाएको भन्दै उनका दाजुले खड्गसिंह विष्टले रवि र जिसीविरुद्ध मुद्दा दायर गरेका थिए ।

खड्गसिंहले सुरुमा दिएको उजुरी जिल्ला अदालतका श्रेष्तेदार हरिकृष्ण वस्तीले खारेज गरेका थिए । पछि पुनः अर्को उजुरी दिएपछि दर्ता भएको थियो । आज सोही उजुरीमा सुनुवाइ गर्दै जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले श्रेस्तेदारकै निर्णय ठहर गरेको हो।

श्रेस्तेदार तथा जिल्ला अदालत कञ्चनपुरका प्रवक्ता वस्तीले भने, ‘न्यायाधीशको फैसलाले आज मैले गरकै निर्णय सदर गरेको छ। योसँगै उक्त मुद्दा खारेज भयो। ’पत्रकार भण्डारीको सल्लाहमा खड्गसिंहले रवि र जिसीविरुद्द मुद्दा हालेका थिए ।

सोही अन्तर्वार्तालाई लिएर पत्रकार आचारसंहिता उल्लङ्घन गरेको भन्दै रविविरुद्ध खेम भण्डारी आफैंले पनि प्रेस काउन्सिल नेपालमा उजुरी दिएका छन्।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा