स्कुल जाँदै गरेकी छात्रामाथि एसिड प्रहार

Acid
Acid
September 06, 12:27

वीरगंज, २० भदौ - वीरगंजमा एकाबिहानै एक छात्रामाथि एसिड प्रहार भएको छ । वीरगंज महानगरपालिका २ छपकैया घर भएकी त्रिभुवन हनुमान माध्यमिक विद्यालय रेसम कोठीमा कक्षा ९ मा अध्ययनरत मुस्कान खातुनमाथि छिमेकी युवकले एसिड प्रहार गरेका हुन्।

खातुनमाथि छिमेकी युवक समसाद मियाँले एसिड प्रहार गरेका हुन्। घरबाट करिब १ किलोमिटर पूर्व-उत्तरमा रहेको विद्यालयमा जाने क्रममा बिहान ६:१५ बजे सीता हस्पिटलको गल्लीमा समसाद र उनका साथी मजिद आलमको समूहले खातुनमाथि एसिड प्रहार गरी भागेका थिए।

घटनापछि प्रहरीले एसिड प्रहार गर्ने समसादलाई नियन्त्रणमा लिन सफल भाएको छ। घटनामा संलग्न अर्का मजिद आलमको खोजी कार्य भइरहेको पर्साका प्रहरी प्रवक्ता अनन्तराम शर्माले बताए।

एकपक्षीय प्रेमका कारण एसिड प्रहार भाएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष रहेको छ। 'एकपक्षीय प्रेमका कारण एसिड प्रहार भएको देखिन्छ। मुख्य एसिड हान्ने केटालाई पक्राउ गरिसकेका छौँ। मजिदको खोजी गर्दैछौँ।', प्रवक्ता शर्माले बताए। एसिड प्रहारबाट किशोरी मुस्कानको गाला र जीउमा पोलेको छ। उनको वीरगंजको नारायणी अस्पतालमा उपचार भइरहेको पर्सा प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा