सञ्चारकर्मी निष्काशन विरुद्धको आन्दोलनः ‘अब सिंहदरबारमा धर्ना’

Dharna
Dharna
September 06, 3:57

डोटी भदौ २० - रेडियो नेपालमा कार्यरत सञ्चारकर्मी सेवाबाट निष्काशन गरिएको विरुद्धको आन्दोलन अब संघीय राजधानी काठमाण्डौकेन्द्रीत हुनेभएको छ । नेपाल पत्रकार महासंघ डोटी शाखाले विगत १८ दिनदेखी गरिरहेको आन्दोलन अब राजधानीकेन्द्रीत हुने निर्णय गरिएको छ ।
महासंघ डोटी शाखाको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । ‘यत्रोदिन आन्दोलन गर्दापनि सरोकारवालाहरुले नसुनेकोमा हामी खेद प्रकट गर्दछौ,’ शाखाका अध्यक्ष योगेन्द्र बलायरले भने,‘हामीले आन्दोलनलाई थप उत्कर्षमा पु¥याउनेपर्ने महशुस गरेका छौ । त्यसैले राजधानीकेन्द्रीत कार्यक्रम गर्ने निर्णय गरेका छौ ।’
निर्णयमा आन्दोलनलाई थप उत्कर्षमा पु¥याउन नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र अन्य पेशातग संघसंगठनहरुसंग समन्वय र सहकार्य गर्ने उल्लेख छ । जसबाट अझै दबाब सिर्जना गर्ने उद्देश्य रहेको डोटी शाखाको ठहर छ ।
यसबाट पनि सुनुवाई नभए कानुनी परामर्श तथा उपचार खोज्ने र सिँहदरबार गेटमै धर्ना दिनेसम्मका निर्णय भएका छन् । ‘हामी सामान्य ढंगबाटै सुनुवाई होस र समस्याको समाधान गरियोस भन्ने चाहन्छौ,’ अध्यक्ष बलायरले भने,‘अन्यथा डोटी शाखाले सिँहदरबार गेटमै धर्ना दिन्छ । दिपायलको व्यानर संगै झोलामा बोकेर लैजादैछौ ।’
रेडियो प्रसार सेवा विकास समितिले भदौबाट लागुहुनेगरी रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायलमा कार्यरत सञ्चारकर्मीहरु प्रकाश बम, सुनिता रावल र चक्र कुँवरलाई सेवाबाट निष्काशन गरेको थियो । जसको विरुद्धमा पत्रकार महासंघ डोटी शाखा आन्दोलित छ ।
यसबाहेक नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, सुदूरपश्चिम प्रदेश समिति, नेपाल प्रेस युनियन केन्द्रीय समिति, प्रेस युनियनका देशभरीकै सम्पूर्ण जिल्ला शाखा लगायतका विभिन्न पेशागत संघसंगठनहरुले दबाबमूलक कार्यक्रम गरिरहेका छन् ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा