नेपाली कांग्रेस कैलालीद्धारा बिपीको सम्झनामा बृक्षारोपण

BP
BP
September 10, 6:47

धनगढी, भदौ २४ - नेपाली कांग्रेस कैलालीले नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १ सय ६ औँ जन्मजयन्ती मंगलबार बृहत बृक्षारोपण गरेर मनाएको छ ।
नेपाली कांग्रेस कैलालीका अनुसार प्रतिनिधीसभा अन्तरगतका ५ वटै निर्वाचन क्षेत्रहरुमा बृहत बृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानका प्रतिनिधी मेघराज खड्का, नेपाली कांग्रेस कैलालीका सभापती नरनारायण शाह ‘मनु” , धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड, उप–प्रमुख सुशीला मिश्र भट्ट लगायतका नेताहरुले कैलाली क्षेत्र नं ५ अन्तरको प्रदेशसभा निर्वाचन क्षेत्र नं (ख) ले आयोजना गरेको बृक्षारोपण कार्यक्रममा बिरुवा रोपेका थिए । धनगढी उप–महानगरपालिकाको खुला मञ्च वरिपरी बृक्षा रोपण गरिएको थियो । 

Plantation


नेपाली कांग्रेस कैलालीका सभापती नरनारायण शाह ‘मनु” का अनुसार कैलाली जिल्लका सबै निर्वाचन क्षेत्रमा गरि १ हजार ६० भन्दा बढी बिरुवा रोपिएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको कार्यतालिका अनुसार नै दोस्रो चरणको राष्ट्रिय जागरण अभियान सुरु गरिएको पनि सभापती शाहले बताए ।
जागरण अभियान अन्तरगत केन्द्रले खटाएका प्रतिनिधीहरुले तोकिएको निर्वाचन क्षेत्रमा पुगेर छलफल चलाउनुका साथै कार्यक्रमको तालिका समेत तयार पारेको नेपाली कांग्रेस कैलालीले जनाएको छ ।
पहिलो जननिर्वाचीत प्रधानमन्त्री बिपी कोईरालाको जन्म दिवशको अवसर पारेर नेपाली कांग्रेसले आयोजना गरेको राष्ट्रिय जागरण अभियानमा सहभागिहुन नेता तथा कार्यकर्ताहरु आफ्नो निर्वाचन क्षेत्र केन्द्रित समेत भएका छन् ।
२०१५ सालको आम चुनावमा कांग्रेसले दुई तिहाई बहुमत पाएपछि पहिलो जननिर्वाचीत प्रधानमन्त्री बनेका बीपीले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेका थिए । तर उहाँ नेतृत्वको सरकारले २ वर्ष पनि काम गर्न नपाउँदै राजा महेन्द्रले पञ्चायती ब्यवस्था लागु गरेका थिए । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका बीपी १९७१ साल भदौ २४ गते जन्मेका थिए । राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापनाका लागि २००३ सालमा बीपीको नेतृत्वमा नेपाली राष्ट्रिय काँग्रेस स्थापना भएको थियो ।
बीपीको अगुवाइमा २००७ सालको क्रान्ति सफल भएको थियो । राणा शासनको विरोध गर्दै गरिब किसानले लगाएका लुगा राणा प्रधानमन्त्री चन्द्र शमशेरलाई पठाएपछि बुवा कृष्णप्रसाद कोइराला भारत निर्वासनमा जान बाध्य भएका थिए । भारतमै रहँदा बिपीले भारतीय स्वतन्त्रता संग्राममा पनि भाग लिएका थिए । तर, भारतमा रहेर प्रजातन्त्र पुनःस्थापनाका लागि संघर्ष गर्दा राष्ट्रियता कमजोर भएको निष्कर्षसहित उनि २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केका थिए ।
बिपीको नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान रहेको छ । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन साहित्यिक कृति प्रकाशित छन् । बीपी कोइरालाको निधन २०३९ साल साउन ६ गते भएको थियो ।
 

सम्बन्धित वर्गका समाचारहरू

‘अरूका लागि साइकलमा दुध बोक्ने शिवचरण डेरीका मालिक’
कञ्चनपुर, माघ २० गते । दशकअघि साइकल गुडाउँदै अरूका लागि दुध बोक्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका… विस्तृतमा
तरकारी बेच्न अब्बल थारु महिला
धनगढी । धनगढी उपमहानगरपालिका–१७ पथरीकी अनिता चौधरी सिजनमा तरकारीको भारी बोकेर धनगढी बजार नपुगेको… विस्तृतमा
खडेरीले सुक्न थाले हिउँदे बाली
बाजुरा /  लामो समयको खडेरीले बाजुराका अधिकांश ठाउँमा हिउँदे बाली गहुँ, जौ सुक्न थालेको छ । खडेरीका… विस्तृतमा
रासायनिक मलको कोटा निर्धारण
कञ्चनपुर  । किसानलाई रासायनिक मल वितरणमा सहयोग पुग्ने गरी शुक्लाफाँटा नगरपालिकाले कोटा निर्धारण… विस्तृतमा