विश्वकप छनोटमा नेपालको विजयी सुरुआत
September 10, 7:28
काठमाडौं - सन् २०२२ मा हुने विश्वकप छनोट अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले चाइनिज ताईपेईविरुद्ध उत्कृष्ट जित निकालेको छ ।
मंगलबार ताईपेई स्टेडियममा भएको खेलमा नेपालले ताईपेईलाई २-० गोल अन्तरले पराजित गरेको हो । नेपाललाई जित दिलाउन अन्जन विष्टले दुई गोल गरे । खेलको तेस्रो मिनेटमा अन्जनले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए ।
पहिलो हाफमा १-० गोलको अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप एक गोल गरे । अन्जनले खेलको ६३ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई जित दिलाए ।
नेपाल छनोट चरणको पहिलो खेलमा केवेतसँग ७-० गोल अन्तरले पराजित भएको थियो । आजको जितसँगै नेपाल दुई खेलबाट तीन अंक जोड्दै समूह ‘बी’ तेस्रो स्थानमा उक्लेको छ ।
नेपालले अजाको खेलमा जित निकालेसँगै विश्वकप छनोटमा आफ्नो सम्भावना बलियो बनाएको छ ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
October 10, 6:34
April 15, 6:32
October 12, 12:50
April 20, 3:59
October 16, 4:24
सम्बन्धित वर्गका समाचारहरू
February 19, 6:21
धनगढी । श्री कलेज मेनेजमेन्ट धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा