सिंहदरबारबाट पत्रकार महासंघका सचिवसहित ९ जना पक्राउ

Pkrau
Pkrau
September 16, 4:23

कैलाली, भदौ ३० - प्रहरीले सिहंदरबारस्थित रेडियो नेपालको प्रांगणबाट नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहाललगायतलाई पक्राउ गरेको छ।

रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलबाट निष्कासन गरिएका कर्मचारीलाई पुर्नवहाली गर्न माग गर्दै रेडियो नेपाल पुगेका महासंघका सचिव दाहालसहित, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसी, यम बिरही, मीन बम, क्षेत्रीय प्रसारण कार्यालय डोटीबाट निस्काशित पत्रकार प्रकाश बम, चक्र कुँवर, दिलिप पौडेल र योगेन्द्र बलायर पक्राउ परेका हुन्।

वार्ताका लागि रेडियो नेपाल पुग्दा प्रशासनले नमानेपछि वार्ता भंग भएको र तालाबन्दी गर्ने तयारीका क्रममा प्रहरीले पक्राउ गरेको सचिव दाहालले पहिलोपोस्टलाई जानकारी दिए। पक्राउ परेकालाई महेन्द्र पुलिस क्लब प्रदर्शनीमार्गमा ल्याइएको दाहालले बताए।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा