एलपीएललाई पुनः निष्ट कलेजको साथ

LPL 3
LPL 3
September 25, 6:22

धनगढी, असोज ८ -  धनगढीमा आयोजना हुने लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेट प्रतियोगितालाई यसवर्ष फेरी काण्ठमाण्डौंको निष्ट कलेजले साथ दिने भएको छ । 
    निष्टले मुख्य प्रायोजकको रुपमा एलपीएललाई साथ दिने सम्झौता गरेको छ । कलेजका संस्थापक प्राचार्य डा. माधवप्रसाद बराल र प्रतियोगिता आयोजक संस्था संस्कार क्रिकेट एकेडेमीका अध्यक्ष रामचन्द्र शाहीले आज सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । निष्टले गतवर्ष पनि यो प्रतियोगितालाई मुख्य प्रायोजकको रुपमा साथ दिएका थियो । 
    आउँदो कार्तिक १६ गतेदेखि ३० गतेसम्म धनगढीमा सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले नगद दुई लाख र उपविजेताले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा देशभरका १३ विद्यालयको सहभागिता रहने जनाइएको छ । एउटा टिममा कक्षा १० सम्म पढ्ने १० जना र तीन जना १९ वर्षमुनिका नेपाली खेलाडी रहने आयोजक संस्कार क्रिकेट एकेडेमीका अध्यक्ष शाहीले बताए । 

nist

 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा