के आज पक्राउ पर्लान् त महरा ?

Mahara
Mahara
October 05, 2:57

काठमाडौँ, असोज १८ — संसद् सचिवालयमा कार्यरत स्वास्थ्य कर्मी रोशनी शाहीले निवर्तमान सभामुख कृष्ण बहादुर महराले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएकी छन् । 

शनिवार पीडित रोशनी स्वयम् महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर पुगेर तत्कालीन सभामुख महरा विरुद्ध बलात्कार प्रयासको कसुरमा किटानी जाहेरी दिएकी हुन्। उच्च प्रहरी स्रोतले भन्यो, पीडित रोशनी स्वयम् आएर महरा विरुद्ध किटानी जाहेरी दिनुभएको छ। 
तर उक्त श्रोतका अनुसार यस सम्बन्धी थप कारबाही प्रक्रिया भने आइतबार मात्रै अगाडी बढ्ने भएको छ । प्रहरीले आइतबार महरालाई पक्राउ गर्ने नगर्ने विषयमा टुङ्गो लगाउने छ । गृहमन्त्री राम बहादुर थापाले भने नडराएर अनुसन्धान अघि बढाउन प्रहरीलाई निर्देशन गरिसकेका छन् । 
किटानी जाहेरीपछि उनीमाथिको छानबिन प्रक्रिया अगाडि बढाउन महरालाई सांसदबाट निलम्बन गराइने छ। गत आइतबार राति महराले रोशनीको कोठामै गएर यौन दुर्व्यवहार गरेको विषय सार्वजनिक भएपछि सोमबार दिउँसो उनले सभामुख पदबाट राजीनामा दिएका थिए। उनको राजीनामा स्वीकृत भइसकेको छ। तर सांसद पद भने यथावत् छ।
अनुसन्धानलाई थप प्रभावकारी बनाउन प्रहरीले महरा र पीडित रोशनी तथा बरामद सामानको फरेन्सिक जाँचको तयारीसमेत गरेको छ।
महरा प्रकरणको विषयमा शनिवार बिहान गृहमन्त्री राम बहादुर थापा र प्रहरी महा निरीक्षक (आइजिपी) सर्वेन्द्र खनालबिच कुराकानी भएको थियो।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा