कृष्ण बहादुर महरा परे पक्राउ, गयो सांसद पद पनि

कषणबहदर_महरl
कषणबहदर_महरl
October 06, 5:24

काठमाडौं । संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दूराचारको आरोप लागेका तत्कालीन सभामुख कृष्णबहादुर महराविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेसँगै उनलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेपछि प्रहरीले अनुसन्धान प्रक्रिया आइतवारबाटै थाल्ने भएको छ

पक्राउ परेसँगै उनको संसद पद पनि निलम्वनमा परेको छ। यसअघी उनले सभामुख पदबाट दिएको राजिनामा स्विकृत भइसकेको छ। 

काठमाडौं जिल्ला अदालतले आइतबार महराविरुद्ध पक्राउ पुर्जी जारी गरेसँगै उनलाई प्रहरीले पक्राउ गरेको हो । अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो । 

पीडित महिलाले महराविरुद्ध नयाँ बानेश्वर प्रहरी वृत्तमा शनिबार जबरजस्ती करणी उद्योगमा उजुरी दिएपछि प्रहरीले महरालाई पक्राउको तयारी गरेको थियो। 

पक्राउ गर्ने गृहकार्य बीचमै प्रहरीले गृहमन्त्री रामबहादुर थापासँग परामर्श गरेको थियो। गत आइतबार (असोज १२ गते) राति महराले आफूलाई बलात्कार गरेको भन्दै हाम्राकुरा मार्फत रोशनी शाहीले सोमबार (असोज १३ गते) खुलासा गरेकी थिइन् । लगत्तै मंगलबार (असोज १४ गते) नै विभिन्न दवावमा परी आफूलाई बलात्कार नभएको भन्दै हाम्राकुराका सम्पादकलाई सामाजिक सञ्जालबाट आरोपित गरेकी थिइन्। तर पछि उनको सामाजिक सञ्जाल पनि अरु नै व्यक्तिले चलाएको प्रमाणित भएको थियो। 

स्रोतका अनुसार घटना भएको छैटौं दिन बानेश्वर प्रहरी वृत्तमा भएको लामो छलफलपछि उजुरी दर्ता भएको हो। प्रहरीले गरेको प्राविधिक अनुसन्धानमा महरा आइतबार रोशनीको कोठामा देखिएको पुष्टि भएको थियो। महरा स्वयंले पनि हाम्राकुरालाई आफू महिलाको कोठामा गएको बताएका थिए। 

आफूमाथि बलात्कार आरोप लागेपछि महराले सोमबार संघीय संसदको सभामुख पदबाट राजीनामा दिएका थिए । महरामाथि लागेको आरोप पुष्टि भएमा उनलाई ३० हजार जरिवानासहित तीन बर्ष कैद हुन सक्नेछ ।

From: Hamra Kura.com

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा